गणेश खनिया(जनता सञ्चार)

काठमाडौँः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर नेतृत्वको सरकार तानशाह जन्माउने गरी अघि बढिरहेको आरोप लगाएका छन् । सरकारको गतिविधिले जनबिद्रोह हुनेतर्फ संकेत गर्दै उनले देशमा तानाशाह जन्माउने गरी अघि बढेकोमा पनि चिन्ता व्यक्त गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष ओलीले एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार भएको कानुन व्यवसायीहरुसँगको अन्तरक्रियामा सरकारले जनविद्रोह निम्त्याउने र तानाशाह जन्माउने किसिमका गतिविधि गरिरहेको बताएका हुन् ।

‘सरकार डरलाग्दो गरी तानाशाहझैँ अगाडि बढिरहेको छ’, उनले भने, ‘यस्तो अवस्था देशका लागि डरलाग्दो हुनसक्छ ।’ सरकारले राज्यका संवैधानिक अंगहरुलाई कम्जोर बनाउने काम गरिरहेको भन्दै ओलीले एमाले त्यस्ता अंगहरुलाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्ने पक्षधर रहेको बताए ।

सरकारले राष्ट्रिय जनता पार्टीको माग भन्दा अरुसँगको नै कबुलियतनामा अनुरुप निर्वाचन मिति सारीरहेको आरोप पनि उनले लगाए । राजपाले चुनावमा भाग लिने अवस्था आएपछि चुनाव सारिएको आरोप पनि उनले लगाए ।

न्यायपालिकामाथि नै हमला हुँदा समेत मौन बस्ने बार एशोसिएसन र महान्यायाधिवक्ताको कुनै अर्थ नरहेको उनले जिकिर गरे । ओलीले लोकतन्त्रमा संविधान र कानुन भन्दामाथि कोही हुन नसक्ने भन्दै गलत प्रवृत्तिको कहिल्यै जित नहुने दाबी गरे ।