क्याम्पा/ नेपाली कांग्रेस कमल गाँउपालिकाले आसन्न स्थानीय तहको निर्वाचनका लागि आफना उम्मेदवारहरु घोषणा गरेको छ । शुक्रवार क्याम्पा बजारमा औपचारिक कार्यक्रम गरि गाँउपालिकाका प्रमुख,उपप्रमुख,वडाध्यक्ष , वडासदस्यसहित सवै ३७ जना उम्मेदवारहरु घोषणा गरेको हो ।
गाँउपालिकाको प्रमुख पदमा हुकुमंसिह राई, उपप्रमुखमा दिपा गौतम ( भण्डारी ) सहित ७ वटै उम्मेदवारहरु घोषणा गरिएको पार्टी गाँउपालिका प्रचार प्रसार संयोजक राजन ढुङगानाले जानकारी दिए ।
घोषणासभामा कांग्रेसका नेताहरुले शान्ति र संविधानलाई थप निष्कर्षमा पु¥याँउन स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई विजयी गराउनु पर्ने जोड दिएका थिए । उनीहरुले अधिकार सम्पन्न गाँउ÷नगरको विकासमा कांग्रेसलाई जिताए,त्यो पूरा गराउने प्रतिवद्धता जनाए ।
कांग्रेस केन्द्रीय सदस्य तथा सांसद धनराज गुरुङले कांग्रेसलाई जिताए अव मुलुक रुपान्तरणको दिशामा जुट्ने जोड दिए । उनले भने,–‘ कांग्रेस कहिल्यै झुठ बोल्दैन्, अहिलेसम्मको इतिहासले त्यसलाई पुष्टि गर्छ ।’
एमालेले सधै झुठ र खोक्रो राष्ट्रवादको चक्रव्यूहमा फसेको बताउदै नेता गुरुङले अव जनताले एमालेको असली चरित्र थाहा पाउदै गएको बताए ।
उनले कांग्रेसले सात दशक लामो समयदेखि नेपाली जनतालाई मालिक बनाउने लक्ष्य पूरा हुदै गएकाले अव समृद्धिको यात्रामा समेत कांग्रेसले नै जिम्मेवार निर्वाह गर्ने औल्याए ।
‘ कांग्रेस देशकै अभिभावकत्व पार्टी हो ’ नेता गुरुङले एमाले जिम्मेवार ढंगले मुलुकको समृद्धिमा जुटे नेपाल कहिल्यै असफल नहुने जिकीर गरे । एमालेको छदमभेषी चरित्रले गर्दा मुलुकले निकास पाउन नसकेको उनको जिकीर थियो ।
त्यस सभामा कांग्रेस नेतृ तथा सांसद महेन्द्रकुमारी सुब्बाले कांग्रेसलाई स्थानीय तहमा जिताए मुलुक पाँच वर्ष भित्रमा कायापलाट हुने बताईन् ।
‘ स्थानीय तह सधै एमालेको हातमा पुग्यो ’ सांसद सुब्बाले अव जनताले एमालेको हावादारीबाट उन्मुक्तिको बाटो खोज्दै आएकी वताईन् । सुब्बाले भनिन्–‘ अव जनताले एमालेलाई यो चुनावले प्रमाणित गराउने छ ।’ उनले गाँउको विकास र समृद्धिका लागि कांग्रेसका उम्मेदवारहरुलाई जिताउन आव्हान गरिन् ।
घोषणा सभामा गाँउपालिका प्रमुख र उपप्रमुखका उम्मेदवारद्धयले विकासका लागि आफूहरुको उम्मेदवारी रहेकाले काम गर्ने अवसर दिन गाँउबासीसंग आग्रह गरेका थिए ।
पा
र्टीका गाँउपालिका सहसंयोजक राजकुमार न्यौपानेले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति पूर्णानन्द शर्मा, महासमिति सदस्य शुरेस सुब्बालगायतले कांग्रेसका उम्मेदवार सक्षम,योग्य र इमान्दार भएकाले गाँउपालिकाको नेतृत्वमा उनीहरुलाई जिताउन सवैसंग आग्रह गरे ।
घोषणासभामा ठुलो संख्यामा कार्यकर्ता, शुभेच्छुकहरु सहभागि थिए भने सन्थाल जातिका कलाकारहरुले आफनो सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।



