नेकपा एमालेका नेता तथा काठमण्डौ महानगरका पूर्व मेयर केशव स्थापित झापाको दमकमा आउने भएकाछन् । उनि शनिबार दमक आउने बताईएको छ ।

नेकपा एमालेका मेयरका उम्मेदवार रोमनाथ ओली र उपमेयरकी उम्मेदवार गिता अधिकारी सहित एमालेका उम्मेदवारहरुको चुनावी अभियानमा उनि सहभागि हुने बताईएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थापितको साथ र सहयोगमा एमालेले काठमण्डौ महानगरको चुनावी अभियान चलाएकाले त्यहाँ भारी मतअन्तरले नेकपा एमालेका बिद्या सुन्दर शाक्य बिजयी भएका थिए ।

पूर्व मेयर स्थापितले दमकमा बिकासको नयाँ मोडलको बिषयमा कुरा गर्ने बताईएको छ । स्थापितले एमालेका नेता कार्यकर्ताहरुलाइ सम्बोधन गर्ने पनि जनाईएको छ ।