प्रधानमन्त्री केपी शर्मा ओलीले ज्येष्ठ नागरिक (वृद्ध) भत्ता लगायत लक्षित वर्गले पाइरहेको सामाजिक सुरक्षा भत्ता केही समयभित्रै ५ हजार पुर्‍याइने बताएका छन् ।

बिहीवार सिन्धुलीमा सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले मासिक १ सयबाट शुरू भएको वृद्धभत्ता अहिले मासिक ३ हजार पुगेको बताए ।

ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति लगायतलाई सरकारले हेरिरहेको उनले बताए । ओलीका अनुसार लक्षित वर्गलाई १ लाख रुपैयाँसम्मको निःशुल्क स्वास्थ्य बिमा समेत गरिएको छ ।

बिहीवार शिलान्यास गरिएको आयोजना सम्पन्न भएपछि तराईका जिल्लामा १ लाख २२ हजार बिघा जमिनमा सिँचाइ र ३१ मेगावाट विद्युत् उत्पादन हुने प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय