
सपना शास्त्रको अनुसार सपनाले भविष्यमा हुने घटनाहरूलाई सूचित गर्छ। यी सपनाहरुले शुभ र अशुभ दुबै प्रकारका घटनाहरु बारे बताउँछन्। सपना शास्त्रका अनुसार यदि तपाईले आफ्नो सपनामा केहि विशेष चीज देख्नु भयो भने बुझ्नुहोस् कि तपाईं रातारात मालामाल हुनुहुनेछ। केहि खास सपनाहरूले भविष्यमा तपाईंले प्राप्त गर्ने आर्थिक लाभको बारेमा संकेत गर्छ।
मुसाको सपना देख्नु हुन्छ सुभ
सपनाशास्त्रका अनुसार यदि तपाईंले आआफ्नो सपनामा मुसा देख्नुभयो भने यसलाई शुभ मानिन्छ। यो सपनाले भविष्यमा तपाईंले प्राप्त गर्ने अचानक धन लाभको तर्फ संकेत गर्छ। सपनामा मुसा देख्नाले गरिबी पनि हट्छ भने व् विश्वास गरिन्छ। जीवनमा समृद्धि आउँछ।
गाई देख्नु अत्यन्त शुभ
स्वप्ना शास्त्रका अनुसार सपनामा गाई देख्नु पनि धेरै शुभ हुन्छ। गाईलाई फरक तरिकाले देख्नुको अर्थ पनि विभिन्न हुन्छ। यदि तपाईं सपनामा दूध दिँदै गरेको गाई देख्नुहुन्छ भने यसको मतलब तपाईंको परिवारमा खुशी र समृद्धि आउँदैछ। यस्तै, यदि तपाईं दुई थरी रंग भएको गाई देख्नुभयो भने यसको मतलब व्यापारमा लाभ हुने संकेत हो।
नाच्दै गरेको स्त्री
यदि तपाईंले आफ्नो सपनामा कुनै स्त्री नाच्दै गरेको अवस्थामा देख्नुहुन्छ भने यसको मतलब हुन्छ कि निकट भविष्यमा तपाईंले धन प्राप्त गर्न सक्नुहुनेछ। यो सपना शुभ सपनाहरु मध्ये एक हो।
सपनामा भगवान देख्नु
सपना शास्त्रका अनुसार यदि तपाईले आफ्नो सपनामा भगवान् देख्नुहुन्छ भने यो धेरै नै शुभ हो। यसको मतलब तपाईं माथि ईश्वरीय कृपाको वर्षा हुनेवाला छ, जसको कारणले तपाईं आगामी दिनमा खुशी, समृद्धि र धन प्राप्त गर्न सक्नुहुनेछ।
बलेको दियो देख्नु हुन्छ शुभ
सपनामा बल्दै गरेको दियो देख्नु पनि अत्यन्त शुभ मानिन्छ। सपना शास्त्रका अनुसार यदि तपाईले सपनामा बल्दै गरेको दियो देख्नुभयो भने, यसले यो संकेत गर्छ कि तपाईंले भविष्यमा प्रचुर धन प्राप्त गर्नुहुनेछ।
माछा
धर्मशास्त्रमा माछालाई माता लक्ष्मीको आगमनको सूचकको रूपमा लिइन्छ। सपना शास्त्रका अनुसार यदि तपाईंले सपनामा माछा देख्नुभयो भने, चाँडै नै माता लक्ष्मीको अनुग्रह तपाईमाथि वर्षा हुनेछ।