मेष- धर्म कर्म सामाजिक कार्यमा व्यस्तता बढ्ने एवं समय र खर्च जानेछ । विदेशवाट आर्थिक सहयोग मिल्नेछ । सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक कामबाट फाइदा मिल्ने एवम ठुलाबडाको साथ मिल्नेछ । राजनीतिमा पहुँच बढ्ने तथा कारोबारमो वृद्धि हुनेछ । आर्थिक झन्झट टरेर जाने एवम कृषि चौपायामा सफलता मिल्नेछ । सवारी साधनको सुख मिल्ने एवं आर्थिक काममा फाइदा बढी हुनेछ ।
वृष- सरसापटमा धन बढी जानेछ । आम्दामी भन्दा खर्च बढी हुनेछ । मान सम्मानमा गिरावट आउने एवं आफ्नो काममा जस अरुले लिनेछ । अनावश्यक विवाद आउनेछ । स्वास्थ्यमा समस्या एवम काममा अवरोध मिल्नेछ । आलोचनाको भय रहनेछ । साताको मध्यमा भने लामो यात्राको तय हुने एवम धर्म कर्ममा खर्च हुनेछ । नयाँ काममा फाइदा मिल्ने एवं लगानीमा सन्तुष्टि मिल्नेछ ।
मिथुन- साझेदारी व्यवसायमा प्रगति देखिनेछ । पारिवारिक जमघट रहनेछ । प्रेममा प्रगति एवम ससुराल पक्षबाट फाइदा मिल्नेछ । व्यवसायिक यात्रा गर्नुपर्ने देखिन्छ । साताको मध्यमा भने काममा अवरोध आउने तथा गुप्त शत्रुले काम बिगार्नेछन् । अपमानको भय हुनेछ । साताको अन्त्यमा भने काम सुचारु हुने एवं आँटेको कुरामा फाइदा मिल्नेछ । वैदेशिक धन प्राप्ति हुनेछ ।
कर्कट- प्रेममा तनाव हुनेछ । नयाँ काममा अलमल हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ । मातृपक्षसँग मनमुटाव एवम स्त्री पक्षसँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने व्यापारमा फाइदा एवम परिवारमा खुशियाली बढ्नेछ । नयाँ वस्तुको प्राप्ति एवम कृषि तथा चौपायाबाट आम्दानी आउनेछ । साताको अन्त्यमा भने सुरु गरेको काम रोकिनेछ । स्वास्थ्यमा समस्या आउने तथा अनावश्यक खर्च बढ्नेछ । इज्जत प्रतिष्ठामा गिरावट हुनेछ ।
सिंह- कृषिबाट आम्दामीको स्तर बढ्नेछ । नयाँ काममा लगानीको अवसर मिल्नेछ । कला, संगीतमा रुचि जानेछ । सन्तानको सहयोगले काम बन्ने तथा विद्यामा प्रगति हुनेछ । खेलकुदमा सफलता मिल्ने तथा स्वास्थ्यमा सामान्य समस्या आउनेछ । विरोधीहरुको भय हट्ने तथा मनमा आत्मबल बढ्नेछ । साताको अन्त्यमा भ्रमण हुनेछ । साथीभाइ भेटघाट रहने तथा व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ ।
कन्या- घरायसी व्यस्तताले नयाँ योजनामा ढिलाइ हुनेछ । स्वास्थ्यमा सामान्या तलमाथी हुनेछ । मित्रवाट धोका एवं पारिवारिक समस्या आउनेछ । आपसी सरसल्लाह नमिल्नाले काम रोकिनेछ । जग्गाजमिनको विवाद एवम मानसिक तनाव बढ्नेछ । साताको मध्यमा भने आयश्रोत बढ्ने, विद्यामा रुचि जाने एवं सन्तानको माया मिल्नेछ । साताको अन्त्यमा भने काममा समस्या आउनेछ अनावस्यक काम बिगार्न खोज्नेहरु पछि लाग्नेछन् ।दौडधुपले स्वास्थ्यमा समस्या दिनेछ ।
तुला- मित्रको सरसहयोगले पुरानो गर्जो टर्नेछ । छोटो यात्रा हुनेछ । भाइभाइको सहयोग मिल्ने तथा काममा बोझ थपिनेछ । नयाँ ठाउँको भ्रमण हुने तथा वादविवाद पर्न सक्नेछ । घरमा कुरा नमिल्नाले अरुले फाइदा लिनेछन् । भोजनको गडबडीले स्वास्थ्यमा समस्या आउनेछ । साताको अन्त्यमा भने टाढाबाट सन्तानको सहयोग मिल्नेछ विद्यामा प्रगति तथा धनसम्पतिको कारोबारमा प्रगति हुनेछ ।
वृश्चिक- व्यवसायिक कामले टाढाको यात्रा हुुनेछ । वैदेशिक काममा प्रगति हुनेछ । नया मित्रसँग र पारिवारिक भेटघाट रहनेछ । धन सम्पत्तिको कारोबार बढ्ने एवम छोटो यात्राको तय हुनेछ । मानसिक आत्मबल बढ्नाले काम छिटो पुरा हुनेछ । दाजुभाइबीच सहकार्य रहनेछ । साताको अन्त्यमा भने पारिवारिक समस्या एवं मानसिक अशान्ति बढ्नेछ । साझेदारीमा सरसल्लाह नमिल्नाले योजनामा अवरोध आउनेछ ।
धनु- नयाँ ठाउको यात्रामा समस्या आउनेछ । मनोरन्जनमा धनको बढी व्यय हुनेछ । यात्रामा सरसामानको क्षति हुनेछ । मनोरञ्जनमा खर्च हुनेछ । नयाँ मित्र भेटघाट एवम साथीभाइसँग घुमफिर रहनेछ । भोजभतेरमा सहभागिता भइने एवम व्यापार व्यवसायमा सन्तुष्टि मिल्नेछ । पैसाको सहयोग आउने तथा साताको अन्त्यमा भने विदेश सम्बन्धी कामबाट फाइदा एवम जिम्मेवारी थपिनेछ ।
मकर- काममा फाइदा कम मिल्नेछ । अनावश्यक खर्च बढ्नेछ । आर्थिक कारोबार घट्ने एवं यात्रामा समस्या आउन सक्नेछ । आश्वासनमा आघात पुग्नेछ । साताको मध्यमा भने काममा प्रगति हुनेछ । पारिवारिक सहयोगम मिल्ने र धन सम्पतिको योगमा वृद्धि हुनेछ । वैवाहिक कुरा चल्ने तथा इष्टमित्रसँग सम्बन्ध बढ्नेछ ।सन्तोष मिल्नेछ । सवारी साधनको सुख मिल्ने तथा सन्तानको प्रगति देखिन्छ ।
कुम्भ- कृषि पशुपालन व्यवसायमा लगानि बढ्नेछ । आम्दानीको स्तर बढ्नेछ । मित्रजनको सहयोगले अधुरा काम सुचारु हुनेछन् । धनसम्पतिको सहयोग मिल्ने एवम आकश्मिक लाभ पाइनेछ । साताको मध्यमा भने सञ्चित धनको नाश एवं विमारमा खर्च हुन सक्नेछ । स्वास्थ्यले धोका दिने एवम काममा बाधा आउनेछ । साताको अन्त्यमा भने अरुको सहयोग मिल्नाले आँटेको काममा फाइदा हुनेछ ।
मीन- कला संगीत एवं क्षमताको कदर हुनेछ । नोकरीमा प्रशंसा मिल्नेछ । राजनीतिमा जिम्मेवारी थपिनेछ । सरकारीकाममा प्रगति हुनेछ । मानसम्मानको योग रहेको छ । काममा प्रशंसा मिल्नाले अरुको नजरमा परिनेछ । व्यापार व्यावसायमा प्रगति एवम भोगविलासमा खर्च हुनेछ। नयाँ मित्रसँग भेटघाट एवं आँटेको काममा फाइदा मिल्नेछ । साताको अन्त्यमा भने हानी नोक्सानी बेहोर्नुपर्ने तथा यात्रामा सास्ती हुन सक्नेछ ।
ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्क ९८५१०७१५७४पशुपति जयवागेश्वरी



