काठमाडौँ – हिन्दू धर्म ग्रन्थहरुमा बिहानीपख दिनदिनै सूर्यलाई जल चढाउनुपर्ने उल्लेख गरिएको छ ।सूर्य सबै ग्रहका स्वामी हुनुहुन्छ र सूर्यलाई नियमित जल चढाउँदा उहाँ प्रसन्न हुनुहुन्छ र उहाँको कृपा पाइँदा जीवनमा सुखशान्ति प्राप्त हुन्छ । यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा शरीर रोगहरूबाट मुक्त हुन्छ ।शास्त्रको अनुसरण गरेर सूर्यलाई जल चढाउनु उचित छ अनि यसको वैज्ञानिक कारण पनि छ । वैज्ञानिक दृष्टिकोणबाट हेर्दा सूर्य एक तारा हो । यो आगोको एक गोला हो । सूर्यको प्रकाश धर्तीमा परेपछि दिनको शुरूवात हुन्छ ।मनुष्य लगायत सबै जीवजन्तु र रुखबिरुवालाई जीवित रहनका लागि सूर्य आवश्यक हुन्छ । ऊर्जाको महत्त्वपूर्ण स्रोत हो यो । सूर्यको ऊर्जा नहुने हो भने बोटबिरुवाले भोजन नै पाउँदैनन् । बिहानै उठेर ताजा हावा खाँदै उदाइरहेको सूर्यको किरण शरीरमा पार्दा हाम्रो छाला चम्किन्छ र अनुहार तेजिलो हुन्छ ।यसका अतिरिक्त सूर्यलाई जल चढाउँदा पानीको धाराको बीचमा सूर्यको किरण पर्दा जुन रंग निस्कन्छ त्यसले शरीरलाई धेरै लाभ दिन्छ । सूर्यको किरण शरीरमा पर्दा अनेकौं हानिकारक तत्त्व नष्ट गरिदिन्छ र नकारात्मक ऊर्जालाई भगाउँछ । त्यसैले बिहानै उठेर सूर्यलाई जल चढाउँदा शरीरका लागि लाभकारी हुन्छ अनि ज्योतिषको दृष्टिबाट पनि सूर्यको कृपा प्राप्त हुन्छ ।
किन चढाइन्छ सूर्यलाई जल ?
सवालनेपालसंवाददाताआइतबार, २३ फागुन २०७७

किन चढाइन्छ सूर्यलाई जल ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

यो पनि पढ्नुहोस् »
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
बुधबार, २९ माघ २०८२
आज श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै
शनिबार, ३२ साउन २०८२
चुम्लुङ दमकले मनायो ताम्भुङ्चा थिम्बे
मंगलबार, १६ माघ २०८१
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
आइतबार, १४ माघ २०८१
आज बकर इद पर्व : देशभरका मस्जिदहरुमा मनाइदै
सोमबार, ४ असार २०८१



