काठमाडौं:  काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ रुप्सेटारमा रहेको ‘ओम कृषि फार्म’ मा आगलागी हुँदा ४५ गाई मरेको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ । शनिबार बिहान करिब ११ बजे विद्युतसर्ट भई लागेको सो आगलागीमा परेर ७० गाई घाइते भएका छन् ।

नेपाल प्रहरी र स्थानीयबासीले दुई वटा दमकलको सहयोगमा अपराह्न १ बजे आगो नियन्त्रणमा लिएका थिए । प्रहरीका अनुसार आगलागीबाट १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरामा क्षति पुगेको छ । फार्ममा ७५ दुहुनो, २२ ब्याउने र बाच्छाबाच्छी गरी १२२ गाई थिए । घाइते गाईको उपचार भइरहेको छ ।

कार्कीको फार्ममा एक सय २२ वटा गाई थिए।  जसमा तीन गाई मात्रै बचेका छन्। कार्कीका अनुसार एउटा दुहुनो गाईको मूल्य दुई लाखसम्म पर्छ। आगलागीमा १० टन दाना, एक थान जेनेरेटर र गाई बस्ने टहरा पूर्ण रुपमा नष्ट भएको छ।

महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख डीएसपी अच्युत पुडासैनीका अनुसार बाँसको छानोमाथि टिन लगाएको र अचानक करेन्ट सर्ट भएर सल्किएको आगो फार्ममा फैलिएको थियो। गाईफार्म ओखलढुंगाका बाबुराम कार्कीले सञ्चालन गर्दै आएका थिए। कार्कीका अनुसार फार्म सफा गरेर कामदार खाना खाएर आराम गरेकै समयमा आगो लागेको हो।

‘अचानक आगोको मुस्लो देखियो, फार्ममा रहेका गाईको उद्धार गर्ने अवस्थै रहेन,’ कार्कीले भने, ‘फार्ममा रहेका १ सय २२ गाईमध्ये १ सय १९ गाई जले।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah