काठमाडौं– कुनै बेला एउटा भारतीय टेलिभिजन विज्ञापन लोकप्रिय थियो ।विज्ञापनले भन्छ – ‘सण्डे हो वा मण्डे, रोज खाएँ अण्डे’ ।तर के तपाईंले यसलाई फलो गर्नु हुन्छ ?के तपाईं जाडो, गर्मी, वर्षा आदि हरेक मौसममा अण्डा खानु हुन्छ ?कतिपयमा मानिसहरु कस्ता पनि हुन्छन् भने उनीहरु मांशाहारी खानेकुरा खाँदै खाँदैनन्, पूर्ण रुपले शाकाहारी हुन्छन्, तर उनीहरु अण्डा चाहिँ खान्छन् ।त्यस्ता मानिसहरुका लागि ‘एगिटेरियन’ विशेषण नै बनाइएको छ ।थुप्रै पोषण तत्वहरुकाले भरपूर भएका कारणले अण्डालाई सुपरफूडको श्रेणीमा राखिन्छ ।तर के तपाईंले गर्मी मौसममा अण्डा खाएको देखेर कसैले गर्मीमा धेरै अण्डा खानु हुँदैन भनेर सुझाव दिएको सुन्नु भएको छ ?के वास्तवमै गर्मी मौसममा अण्डा खाँदा स्वास्थ्यलाई हानी पुग्छ त ?हामी तपाईंलाई वास्तविकता बताउँदैछौं ।
अण्डाले शरीरलाई ताप दिन्छ
अण्डाको विशेषता नै ताप दिनु हो । यसले शरीरको तापक्रम वृद्धि गर्छ । यस्तो अवस्थामा जब बाहिरको मौसम तथा तापक्रम नै तातो छ, त्यो बेला अत्यधिक अण्डाको सेवनले शरीरलाई फाइदा कम र हानी बढी दिन्छ । धेरैजसो मानिसहरु गर्मी मौसममा हुने पेटसंग सम्बन्धित समस्याहरु जस्तो अपच, ऐंठन, छालामा आउने घाउ–खटिराहरुको जिम्मेदार पनि अण्डालाई नै मान्छन् ।
अण्डाका बारेमा विशेषज्ञको धारणा
यद्यपि, स्वास्थ्य विशेषज्ञहरुको धारणा आम सर्वसाधारणहरुको भन्दा बिल्कुलै फरक छ । उनीहरुका अनुसार गर्मी मौसममा अण्डा खानु हुँदैन भन्ने कुरा एउटा भ्रममात्र हो । गर्मी मौसममा अण्डा खानु हुँदैन भन्ने कुरालाई प्रमाणित गर्ने कुनै वैज्ञानिक तथ्य फेला परेको छैन । कुनै खाद्य पदार्थको विशेषता नै तातो हुन्छ भने कुनै खाद्य पदार्थको चिसो । यद्यपि, यसको अर्थ तपाईंले ती विशेष खानेकुराहरु विशेष मौसममा मात्र खानु पर्छ भन्ने होइन । त्यसैले गर्मीमा अण्डा खाँदा कुनै पनि हानी हुँदैन । यद्यपि, सिमितमात्रामा खानु भने अनिवार्य छ ।
अण्डालाई पूर्ण रुपले त्याग्नु अनिवार्य छैन
डाइटिशियन तथा न्यूट्रिशनिस्टहरुको सल्लाह के छ भने यदि तपाईं सिमितिमात्रामा अण्डा खानु हुन्छ भने तपाईंले गर्मी मौसममा पनि अण्डा खान सक्नु हुनेछ । यसको कारण के हो भने अण्डा भिटामिन ए तथा भिटामिन डीबाट भरिपूर्ण हुन्छ, जुन हाम्रो आँखाको स्वास्थ्यका साथै हड्डीलाई पनि मजबूत बनाउनमा सहयोगी हुन्छ । यसबाहेक अण्डामा क्याल्सियम, जिंक तथा आइरन पनि हुन्छ । यीनले शरीरलाई उर्जा दिने काम गर्छन् । त्यसैले गर्मीको मौसम पूर्ण रुपले अण्डा खान बन्द गर्नु आवश्यक छैन ।
गर्मीमा कति खाने अण्डा ?
हरेक ठाउँमा भनेको सुनिन्छ, सिमित मात्रामा अण्डा खाँदा गर्मीमा पनि खासै फरक पर्दैन । यद्यपि, यो सिमितमात्र भनेको कति ? त्यो भने गर्मीमा मौसममा दिनमा एउटा मात्र अण्डा भन्न खोजिएको हो । किनभने यो भन्दा बढी अण्डा खानाले शरीरमा गर्मी पैदा हुनसक्छ, जसका कारणले पाचनसंग सम्बन्धित समस्याहरु उत्पन्न हुनसक्छ । यदि तपाईं बिहान खाजामा अण्डा खानु हुन्छ भने लामो समयसम्म तपाईंको पेट भेरिएको अनुभव हुनेछ, जसबाट शरीरको तौल घटाउनमा पनि सहयोग पुग्नेछ ।
उसिनेको अण्डा कि अमलेट ?
अधिकांश मानिसहरुमा अण्डालाई उसिनेर खाने कि अमलेट बनाएर खाने भन्ने कुराको पनि द्विविधा रहेको पाइन्छ । वास्तविकता के हो भने यदि तपाईंले अमलेटमा धेरै प्रकारका सब्जीहरु राख्दै हुनु हुन्छ भने निश्चित रुपमा यसमा न्यूट्रियन्ट्सको मात्रा उसिनिएको अण्डाको भन्दा बढी हुन्छ । तर, यदि अण्डा बनाउने बेलामा तेल अथवा घीउको प्रयोग हुन्छ भने त्यसमा क्यालोरीको मात्रा उसिनिएको अण्डाको भन्दा बढी हुन्छ । यो हिसाबले हेर्दा उसिनिएको अण्डा नै अब्बल मानिन्छ ।



