बिपिपि/दमक
झापाको दमकमा स्थानीय तहको निर्वाचनमा मेयरमा ठूलै रस्साकस्सि हुने निश्चित रहेको छ । दमक यस्तो ठाँउ बनेको छ जहाँ चौपक्षिय भिडन्त हुने निश्चित जस्तै देखिन्छ । एमालेको पकड क्षेत्र मानिएपनि संबिधानसभा निर्वाचनलाइ आधारमान्दा राप्रपा पनि यहाँ दोश्रो ठूलो शक्ति हो ।
काँग्रेस पनि यो पटक बाजि मार्ने दाउमा छ भने माओबादी केन्द्रले आफ्नो भएभरको सबै बल र तागत यहाँ प्रर्दशन गरिरहेको छ ।
एमालेबाट मेयरका उम्मेद्वार बनेका रोमनाथ ओली, दमकमा एउटा जबरजस्ति छबि गजबको छबि बनाएका राम थापा, दमकमा छिटो राजनीतिमा र सानो उमेरमा उदाएका ढुण्डिराज भण्डारी र चतुर राजनीतिक खेलाडिको रुपमा परिचित गगन पुरीबीचको प्रतिश्पर्धालाइ रोमाञ्चक रुपमा लिन सकिन्छ ।
आइतवार चारजना नै आफ्नो शक्ति प्रर्दशन गर्ने दाउमा रहेकाछन् । आफ्नो उम्मेदवारी मनोनयनको क्रममा जनमानस उतारेर शक्ति प्रदर्शनको तयारीमा उनिहरु लागेका हुन् ।
अहिले घरदैलो् कार्यक्रममा पनि उनिहरुले कम शक्ति देखाएका छैनन् र सबै तागत देखाइरहेकाछन् । अझै पनि तीनवटा पार्टीमध्ये को प्रतिस्पर्धामा आउला एमालेले ठम्याइ नसकेको एमाले श्रोतले बताएको छ ।
काँग्रेस, राप्रपा र माओबादी केन्द्रले भने एमाले प्रतिस्पर्धि भनेर आँकलन गरिसकेको छ । यद्यपि माओबादी केन्द्रका उम्मेदवार गगन पुरीले सार्वजनिक रुपमा नै नेपाली काँग्रेसका ढुण्डिराज भण्डारी आफ्नो प्रतिस्पर्धि बताएपछि यसलाइ हाँसोको रुपमा पनि कतिपयले उडाएका थिए ।



