सन्तान नभएकाहरु रातभरी जाग्राम

लमजुङको मध्यनेपाल नगरपालिका– ६ करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन बिहीबार दिनभर दूध चढाउने र रातभर बत्ती बाल्नेको भिड लाग्यो । करापुटारस्थित इशानेश्वर महादेव मन्दिर काठमाडौंको पशुपतिनाथपछिको धेरै भक्तजनको घुइँचो लाग्ने पवित्र तीर्थस्थल हो । इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रूपमा पनि पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा–अर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ । महाशिवरात्रिको अवसर पारी लामो समयअघिदेखि सन्तान नभएका सयौँ दम्पती मन्दिर परिसरमा रातभर जाग्राम रही  बत्ती बालेका छन् । रातभर जाग्राम भई बत्ती बालेमा सन्तान लाभ हुने भएकोले बत्ती बाल्नका लागि काठमाडौं, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङ्जा, नवलपरासीदेखिका भक्तजनहरू लमजुङको करापुटार आएका थिए ।

पोखरा–लेखनाथ महानगरपालिका– १८ कास्कीका दीपा कार्की र दीपक कार्कीले आफ्नो पहिलो सन्तान लमजुङको सन्तानेश्वर महादेवलाई देखाए । विवाह भएको पाँच वर्षसम्म सन्तान नभएपछि चार वर्षअघि यहाँ ठाडोबत्ती बाल्न आएकी थिइन् । ‘यहाँ बत्ती बालेपछि सन्तान हुन्छ भन्ने सुनेकी थिएँ,’ दीपाले भनिन्, ‘नभन्दै बत्ती बालेपछि सन्तान पनि भयो । अहिले भगवानलाई देखाउन ल्याएँ ।’उनी मात्र होइन बाग्लुङकी कल्पना आचार्यको विवाह भएको आठ वर्षसम्म सन्तान नभएपछि उनी चार वर्षअघि लमजुङको सन्तानेश्वर मन्दीरमा ठाडो बत्ती बाल्न आइन् । बत्ती बालेको पाँच महिनामा नै उनको गर्भ बस्यो त्यसपछि छोरा जन्मियो ।  यसवर्ष छोरा शिवसँगै उनी मन्दिर आएकी थिइन् ।

विगत लामो समयअघिदेखि सन्तान प्राप्ति नभएको र सन्तानेश्वर महादेव मन्दिरमा आएर रातभर जाग्राम बसी ठाडो बत्ती बालेपछि सन्तान प्राप्ति भएको आचार्य बताउँछिन् । उनीहरू मात्र होइन, सन्तान जन्माउने आशा गर्दै थुप्रै भक्तजनहरू ईशानेश्वर महादेव मन्दिरमा ठाडा बत्ती बाल्न आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah