३ चैत, गुल्मी । विद्यालयमा विद्यार्थीहरुलाई सिकाइ सहजीकरण गर्ने माध्यमहरु धेरै छन् । तर, गुल्मी सदरमुकाम तम्घासस्थित गण्डकी इङ्लिस बोर्डिङ् स्कुलले विद्यार्थीलाई नृत्यमार्फत आकर्षित गर्ने गरेको छ ।नृत्यमार्फत विद्यार्थीलाई पढाइप्रति आकर्षण गर्दा पढाइमा राम्रो प्रभाव परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठाकुरप्रसाद पाण्डेले बताए । विद्यालयले यो शैलीलाई निरन्तरता दिने उनले बताए ।अभिभावकहरुले पनि नृत्यमार्फत विद्यार्थीको पढाइमा आकर्षण बढेको बताउने गरेका छन् ।विद्यालयले हरेक दिन २५ मिनेटसम्म विद्यार्थीलाई नृत्य तथा अन्य क्रियाकलाप सिकाउने गरेको छ ।यो विद्यालयले कक्षा आठमा २०६२ साल देखि ०७१ सम्म जिल्ला प्रथम भएको थियो । त्यस्तै २०७३ सालमा कक्षा दशमा गूल्मी जिल्ला दोस्रो हुन सफल भएको थियो ।विद्यालयले विद्यार्थीहरुलाई विभिन्न समयमा योगा कक्षासमेत संचालन गरेको छ ।
गुल्मीको निजी स्कुलमा विद्यार्थी आकर्षण गर्न नृत्य
सवालनेपालसंवाददातामंगलबार, २ चैत २०७७

गुल्मीको निजी स्कुलमा विद्यार्थी आकर्षण गर्न नृत्य
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



