राप्रपाले दमकमा उम्मेदवार मनोनयनमा आफ्नो शक्ति प्रदर्शन गरेको छ । मेयरका उम्मेद्वार राम थापा र उपमेयरकी उम्मेद्वार रीता श्रेष्ठ सहित र्यालीमा ब्यापक सहभागिता रहेको पाईएको छ ।
एमाले र काँग्रेसले मनोनयन गरेपछि तेश्रो नम्बरमा मनोनयनमा परेको राप्रपाले रामैसंग दलबल लिएर मनोनयका लागि नगरपालिका गेटसम्म पुगेको थियो ।
प्रमुख राजनीतिक दलहरुलाइ टक्कर दिने गरि राप्रपाले आफ्ना कार्यकर्ताहरुलाइ उतारेको थियो । मेयरका उम्मेद्वार थापा उत्साहिन देखिन्थे ।
उखुम गर्मि र तापक्रमको प्रवाह नगरि पार्टीका नेता कार्यकर्ताहरु शक्ति प्रर्दशनमा सहभागि रहेका थिए । प्रत्येक वडाबाट वडाध्यक्षका उम्मेद्वारहरुको संयोजनमा कार्यकर्ताहरु ल्याइएको बताईएको छ ।
निर्वाचन परिचालन समितिका संयोजक लक्ष्मिप्रसाद संग्रौलाले जित शुनिश्चित रहेको बताएकाछन् ।



