पृथ्वीमा जीवनको आरम्भ लाखौं चट्याङका कारण भएको हुन सक्ने एक नयाँ अध्ययनले खुलाएको छ ।जीवनका लागि आवश्यक एक महत्त्वपूर्ण तत्त्व फोस्फोरस हो । चार अर्ब वर्षअघि पृथ्वी तरुण अवस्थामा रहँदा धेरै चट्याङहरू बज्रिएपछि जीवनको आधारशिलाका रूपमा रहेको फोस्फोरस उत्सर्जन भएको हुन सक्छ ।आधारभूत कोशिका संरचना र मेम्ब्रेन बनाउने मोलिक्युलमा फोस्फोरस आवश्यक पर्छन् । यसले डीएनए र आरएनएको फोस्फेट मेरुदण्ड पनि बनाउँछ । यो अध्ययन येल विव्शविद्यालयमा डिपार्टमेन्ट अफ अर्थ यान्ड प्लानेटरी सायन्सेजका विद्यार्थी बेन्जामिन हासले गरेका हुन् ।

तर फोस्फोरस पृथ्वीको आरम्भमा दुर्लभ थियो अनि खनिजहरूमा च्यापिएर बसेको थियो । ‘पृथ्वीको आरम्भमा फोस्फोरस खनिजहरूमा दबेर बसेको थियो र ती खनिजहरू घुलमिल नहुने तथा प्रतिक्रिया नजनाउने किसिमका थिए । अर्थात् उनीहरूलाई जीवनका लागि आवश्यक बायोमोलिक्युल बनाउन उपयोग गर्न सकिँदैनथियो,’ हेसले बताए ।‘चट्याङ परेपछि फोस्फोरस निर्माणका लागि नयाँ संयन्त्र बनाउँछ र त्यसले जीवनका लागि आवश्यक अवयव बनाउँछ ।’यो अध्ययन नेचर कम्युनिकेसन्स नामक जर्नलमा मंगलवार प्रकाशित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah