कल्पना भट्टराई
नवलपरासी—परासीको बुद्धचोकमा शनिबार राजपाको विरोध सभा चलिरहेको थियो। सभालाई राजपा अध्यक्ष मण्डलका अधयक्ष महन्थ ठाकुरले हिन्दीमा सम्बोधन गरिरहेका थिए। सभा नजिकै रहेको मध्य नेपाल यातायात व्यवसाही समितिको काउण्टरमा एमालेको चुनाव चिन्ह अंकित टिर्सट थियो।
‘प्रहरीले धेरै संयम अपनाएको थियो तर प्रहरीमाथि आक्रमण गर्न आएपछि हवाई फायरिङ सुरु गरेका हौं’, उनले भने। घटनामा प्रहरीले रबरको गोली चलाएको छ।
महन्थ ठाकुरले सम्बोध नसक्दै राजपाका कार्यकता उत्तेजित हुँदै त्यहाँ पुगे। काउण्टरका कर्मचारीलाई अश्लिल गाली गरे। धम्क्याउँदै भने, ‘त्यो टिर्सट किन त्यहा राखेको ?’
उनीहरुले एमालेको टिर्सट जबरजस्ती लिए र पेट्रोल छर्किए। त्यसपछि आगो सल्काइदिए। यतिमात्र उनीहरुको हर्कत सकिएन। उनीहरुले समितिको काउन्टरमा काम गर्ने कर्मचारीलाई अश्लिल गाली गर्दै कुटपिट गर्न थाले। राजपाका कार्यकर्ताको पिटाईबाट काउण्टर कर्मचारीको टाउकोमा चोट लाग्यो। उनी ढले।
टाउकोमा चोट लागेका उनलाई तत्कालै परासीस्थित पृथ्वीचन्द्र अस्पताल पुर्याइयो।
स्थिति भड्किएपछि घटनास्थलमा प्रहरी पुग्यो। प्रहरीले स्थिति नियन्त्रणमा लिन दुवै पक्षलाई छुट्याउने प्रयास ग¥यो। तर राजपाका कार्यकर्ता प्रहरीमाथि नै आक्रमण गर्न थाले। त्यसपछि प्रहरीले चार राउण्ड हवाई फयर गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरिक्षक बिष्णुहरी कोइरालाले बताउँछन्।
‘प्रहरीले धेरै संयम अपनाएको थियो तर प्रहरीमाथि आक्रमण गर्न आएपछि हवाई फायरिङ सुरु गरेका हौं’, उनले भने। घटनामा प्रहरीले रबरको गोली चलाएको छ।
रबरको गोली लागी घाइते हुनेमा राष्ट्रिय जनता पार्टी नेपालको विद्यार्थी संगठनका उपाध्यक्ष रामेश्वर कुशवाहासहित पाँच जना छन्। गेरमीका सुरज गुप्ता, भाजवन्त गुप्ता, रामेश्वर कुशहवा र जहदाका नरसिंह चौधरी घाइते छन्। प्रहरीतर्फ असई गजानन्द शाह र एक म्यादी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
बाहिर प्रहरी र राजपा कार्यकर्ताबीच झडप भइरहँदा कार्यक्रमलाई महन्थ ठाकुरले सम्बोधन गरिरहेका थिए। स्थिति असहज भएको थाहा पाएका उनले मञ्चबाटै भने ‘शान्ति! शान्ति!!’ मञ्चबाट अध्यक्ष ठाकुर, वरिष्ठ उपाध्यक्ष हृदयश त्रिपाठीले तोडफोडमा नत्रिन र संयमित हुन आग्रह गर्दा पनि राजपा कार्यकर्ताले आफ्नो हर्कत रोकेनन्।
तोडफोड रोक्न प्रहरीले अश्रु ग्याँसका साथै रवरको गोली प्रहार थाल्यो।
घटनामा संलग्न भएको आरेपमा प्रहरीले राजपाका केन्द्रिय सदस्य हैदर अलि मुमिन र जिल्ला सदस्य राजेन्द्र तिवारीलाई पक्राउ गरेको छ।
परासीस्थित बुद्धचोकमा राजपाले विरोध सभाको आयोजना गरेको थियो। सभामा राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर, अध्यक्ष मण्डलका सदस्यहरु राजेन्द्र महतो, राजकिशोर यादव, अनिल झा लगायतका नेताहरुको सहभागिता रहेको थियो।
नवलपरासीमा महन्त ठाकुर सभालाई सम्बोधन गर्दै गर्दा यसरी गोली चल्यो !!!pic.twitter.com/6y7g38yzrd
— Subhak Mahato (@subhak12)June 17, 2017



