धार्मिक, सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको भक्तपुरको प्रसिद्ध बिस्काः (बिस्केट) जात्राका लागि भैल खः (भैरवनाथको रथ) बनाउने कार्य शुरु भएको छ । यही चैत २८ गते साँझबाट शुरु गरिने यस वर्षको बिस्काः जात्राका लागि टौमढीस्थित प्रसिद्ध ङातापोल्हँ (पाँचतल्ले) मन्दिर प्राङ्गणमा भैल खः बनाउन शुरु गरिएको हो । भैल खः करिब ३० फिट अग्लो तीन तले प्यागोडाशैलीको हुने गर्छ ।

गत वर्ष कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण जात्रालाई औपचारिक पूजामा सीमित गरिएको थियो । भैल खः निर्माण हुँदै गर्दा कोरोना महामारी र यसको नियन्त्रणका लागि बन्दाबन्दी (लकडाउन) गरिएपछि भैल खः निर्माण बीचमै रोकिएको थियो । यो वर्ष जात्रालाई थप व्यवस्थित, भव्य र सभ्य बनाउन समयमै भैल खः निर्माण थालिएको गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख आन्नदप्रसाद कर्माचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गएको वर्ष कोरोनाको महामारीले जात्रालाई औपचारिक पूजाआजामा सिमित गरेका थियाँै, यो वर्ष जात्रालाई विधिवत्रूपमा सञ्चालन गर्न समयमै सबै कार्य सम्पन्न गर्न अहिले नै रथ निर्माण कार्य अगाडि बढाइएको हो ।”

अहिले भक्तपुरको टौमढीमा दैनिक आधा दर्जनभन्दा बढी सिकर्मी भैल खः निर्माण गर्ने कार्य सम्पादनमा व्यस्त छन् । रथको अगाडि बेताल देवता विराजमान गराउने बेतसिं बनाउने कार्य सम्पन्न भइसकेको छ । भैल खः बनाउने नाइके पे्रमलाल शिल्पकारले यसवर्ष भैल खःको पाङ्ग्रा, गल, पोल्ह (छाना) तथा बाहिर देखिने अधिकांश सामान नयाँ हुने बताउनुभयो । भैल खःको बाहिरी ढाँचा चैत १२ गतेसम्म तयार गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो । भैल खः बनाउँदा फलामको किला प्रयोग नहुने र परम्परागत शैलीमा काठको चुकुल मात्र प्रयोग गरिन्छ ।

भैल खः निर्माण र बिस्काः जात्राका लागि आवश्यक सम्पूर्ण सामग्री यसै साता आइपुग्ने गुठी संस्थान प्रमुख कर्माचार्यले जानकारी दिनुभयो । “जात्राका लागि सबै आवश्यक काठका साथै लिङ्गो ठड्याउने काठसमेत यही सातामै ल्याउने तयारी पूरा भइसकेको छ”, उहाँले भन्नुभयो । यो वर्ष गत वर्षको काठका साथसाथै नयाँ काठको पनि प्रयोग हुने उहाँले बताउनुभयो । “यो वर्ष करिब ४० प्रतिशत नयाँ काठ प्रयोग हुनेछ”, उहाँले भन्नुभयो ।

भक्तपुरमा बिस्काः जात्रा नौ दिन आठ रातसम्म धुमधामका साथ मनाइन्छ । विक्रम संवत्को नयाँ वर्ष शुरु हुनु चार दिनअघि साँझ भैल खः तानेर बिस्काः जात्रा शुरु गरिन्छ । यो वर्ष चैत २८ गते भक्तपुरमा बिस्काः जात्रा शुरु हुनेछ । चैत महिना ३० को छ भने २७ गते र ३१ को छ भने २८ गते रथ तान्ने प्रचलन छ । बिस्काः जात्रा नयाँ वर्षको वैशाख ५ गते सम्पन्न हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah