दुई नम्बर प्रदेशको निर्वाचन सार्ने सरकारको निर्णय नेपाली काँग्रेसका लागि घातक भएको रिपोर्ट आएपछि काँग्रेसमा बबण्डर मच्चिएको छ । २ नम्बर प्रदेशको निर्वाचन असोजमा सार्ने निर्णयको कारण निर्वाचन हुन गईरहेका प्रदेशहरुमा पार्टीको अवस्था कमजोर बनेको आन्तरिक रिपोर्ट आएपछि काँग्रेसमा रडाको मच्चिएको हो ।

जित्ने सुनिश्चित भनिएका ठाउँमा समेत निर्वाचन सार्ने निर्णयका कारण पार्टी रक्षात्मक अवस्थामा पुगेको रिपोर्टमा आएको काँग्रेस उच्च स्रोतले जानकारी दियो । सोही निर्णयका कारण प्रदेश १, ५ र ७ नम्बरको निर्वाचनमा काँग्रेसको धेरै भोट घट्ने अवस्था आएको रिपोर्टले औँल्याएको छ  ।

दुई नम्बर प्रदेशको चुनाव भारतीय ईशारामा सारिएको हल्लाले पार्टीको जनाधार कमजोर बनाउँदै गएपछि काँग्रेस वृत्तमा चिन्ता छाएको छ  । अझ विशेषगरी नेकपा(एमाले)ले यो विषयलाई चुनावी एजेण्डाकै रुपमा हल्ला चलाएपछि काँग्रेसलाई गाह्रो भएको हो  । भोट माग्न गएका काँग्रेस उम्मेदवारलाई समेत जनताले किन दुई नम्बरमा निर्वाचन सारेको भन्दै हैरान बनाउन थालेका छन् ।

विशेषगरी नेता रामचन्द्र पौडेल समुहले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण पार्टीको छबी दिनप्रतिदिन धुमिल बन्दै गएकोमा आक्रोशित छ । पूर्व गृहमन्त्री विमलेन्द्र निधिको उक्साहटमा देउवाले चुनाव सारेको र त्यसले पार्टीलाई ठुलो हानी भएको निश्कर्ष पौडेल समुहले निकालेको छ  निधि मार्फत भारतले सरकार र पार्टीमा खेलेकोले त्यसलाई रोक्न सशक्त दवाव देउवालाई दिने पौडेल समुहको तयारी छ ।  निधिले महेन्द्र यादवलाई अघि सारेर मधेसबाट प्रतिनिधित्व गर्ने काँग्रेस सांसदहरुलाई देउवाकहाँ पठाएका थिए । सो टोलीले दुई नम्बर प्रदेशमा निर्वाचन सार्नुपर्ने सुझाव देउवालाई दिएको थियो  । सो टोलीले दिएकै सल्लाह बमोजिम दुई दिनपछि देउवाले चुनाव सार्ने निर्णय गराएका थिए ।

पहिलो चरणको निर्वाचनको क्रममा तत्कालिन प्रधानन्याधिस शुशिला कार्कीलाई महाअभियोग लगाउने निर्णय र आईजिपी प्रकरणका कारण धेरै काँग्रेसी मत घटेको थियो । विशेषगरी काँग्रस निकट बौद्धिक तप्कालेनै सो निर्णयमा असन्तुष्टि जनाउँदै काठमाडौँ लगायतका क्षेत्रमा काँग्रेसलाई भोट हालेको थिएन । त्यस्तै मध्यम वर्ग पनी सोही निर्णयका कारण काँग्रेस सँग चिढिएको थियो ।

त्यसको प्रत्यक्ष प्रभाव पहिलोचरणको निर्वाचनमा देखिएकै कारण काँग्रेस दोस्रो शक्तिको रुपमा झर्नु परेको थियो । काँग्रेसले आश गरेको दोस्रो चरणको निर्वाचनमा पनि चुनावकै मुखमा दुई नम्बर प्रदेशमा निर्वाचन सार्ने अलोकप्रिय निर्णय गरेर फेरी काँग्रेस एक नम्बर पार्टी बन्ने सम्भावनाबाट पछाडी धकेलिएको छ ।

काँग्रेसका एक उच्च नेताले भने, “ हाम्रा सभापति देउवाले  पार्टीलाई फाईदा हुनेभन्दा  एमालेलाई फाईदा हुने निर्णय गर्नुहुन्छ  पहिलो निर्वाचनमा पनि त्यस्तै गर्नुभयो, अहिले पनित्यस्तै गर्नुभयो  । ”  निर्वाचनको संघारमा हरेक निर्णय गर्दा पार्टीलाई हुने बेफाईदाबारे दश पटक सोच्नुपर्नेमा देउवाले एक पटक पनि सोच्ने नगरेको उनको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah