मेष – छोटो यात्राको अवसर आउनेछ । काममा जिम्मेवारी थपिने एवम् नयाँ कामको सुरुवात हुनेछ । साताको मध्यमा भने मानसिक अशान्ति बढ्ने एवम् मित्रजनबाट सामान्य असहयोग हुनेछ । स्वास्थ्यमा बाधा एवम् पारिवारिक कामले खर्च बढ्नेछ । विद्याध्ययनमा रोकावट एवम वैदेशिक कामबाट भने फाइदा मिल्नेछ । बोलीबचनको कारणले मित्रता टुट्न सक्ने एवम् आर्थिक हिसाबकिताबमा सामान्य विवाद रहनेछ ।
वृष– कृषि धनको प्राप्ति हुनेछ । मिठो भोजन एवम् पार्टी, गोष्ठिमा सहभागिता मिल्नेछ । बोलीबचनको प्रभावले ठुलाबडासँग सम्बन्ध अगाडि बढ्नेछ । व्यापार व्यवसाय फस्टाउने एवम धनको प्राप्ती हुनेछ । साताको मध्यमा भने स्थान परिवर्तन हुने एवम् कामको बोझ थपिनेछ । जीवनसाथीको स्वास्थ्यमा समस्या एवम यात्रामा कठिनाइ हुनेछ । साताको अन्त्यमा, घरायसी समस्या बल्झिने एवम शंकाले बाधा गर्नेछ ।
मिथुन– प्रेममा चिन्ता थपिनेछ । अनावस्यक सोचाइले कामम बाधा आउनेछ । हडबडमा धन सम्पत्ति हराउन सक्नेछ । हतारमा योजना बनाउँदा मुख्य काम छुट्न सक्नेछन् । नयाँ मित्रसँग भेटघाट हुनेछ । यात्राको रमाइलो मिल्ने एवम् धनको कारोबारमा वृद्धि हुनेछ । साताको मध्यमा प्रेममा प्रगति मिल्ने एवम् जीवनसाथीको सहयोगले अधुरा काम पूरा हुनेछन् । सामान्य चोटपटकको भय एवम् सन्तानको स्वास्थ्यमा कमजोरी रहनेछ ।
कर्कट-वैदेशिक काममा धनको लगानी हुनेछ । यात्रामा अनावस्यक खर्च बढी हुनेछ । चिसोले स्वास्थ्य बाधा गर्ने एवम् सञ्चित धनको क्षय हुनेछ । विद्याध्ययनमा प्रगति एवम् कला क्षेत्रमा प्रतिष्ठा मिल्नेछ । कृषि, पशु, चौपायाबाट आम्दानी राम्रो हुनेछ । दाजुभाइको सहयोग मिल्ने तथा घरायसी काममा प्रगति हुनेछ । भोजनको गडबडले पाचन शक्तिमा समस्या आउनेछ । साताको अन्त्यमा भने यात्राको योग रहेको छ ।
सिंह– व्यवसायमा राम्रो लाभ मिल्नेछ । सोचेको कुरा पुग्ने एवम् आर्थिक लाभ हुनेछ । तरल पदार्थ, होटल व्यवसाय एवम् जडिबुटीको कारोबारमा आम्दानी राम्रो हुनेछ । साताको मध्यमा भने बढी खर्च हुने एवम् अरुले धनको आश गर्नेछन् । लेनदेनमा विवाद आउनेछ । जग्गाजमिन एवम् पैतृक सम्पत्तिमा विवादको योग बन्नेछ । रिसको आवेगमा मित्रता टुट्न सक्नेछ । साताको अन्त्यमा भने काममा प्रगति मिल्ने एवम् मनोरञ्जनमा खर्च बढ्नेछ ।
कन्या– मान सम्मानको लालसा बढ्नेछ । अरुको प्रगतिले आफूमा हीनताबोध हुनेछ । राजनीति एवम् सरकारी क्षेत्रमा प्रगति हुनेछ । ठूलाबडाले साथ दिने एवम् काम र प्रतिस्पर्धामा जस मिल्नेछ । साताको मध्यमा भने आम्दानीको स्तर बढ्ने, धनसम्पत्ति संकलन हुने एवम् सवारी साधनको सुख मिल्नेछ । शीर दर्द एवम् नाक,कान, घाँटीको समस्याले सताउनेछ । दाजुभाइको स्वास्थ्यमा सामान्य बाधा एवम् धार्मिक यात्राको योग बन्नेछ ।
तुला– भाग्यले साथ दिनेछ । घरायसी काममा धनको सहयोग मिल्नेछ । सन्तानको स्वास्थ्यमा बाधा हुनेछ । पुराना, अधुरा काम सुचारु हुनेछन् । दिनले साथ दिनाले जिम्मेवारी छिट्टै पूरा हुनेछ । धर्म, कर्ममा रुचि एवम् सामाजिक क्षेत्रमा संलग्नता मिल्नेछ । रोजगारी एवम् व्यवसायमा नयाँ प्रणालीबाट काम शुरु हुनेछ । आम्दानीको श्रोत खुल्ने एवम साथीभाइको सहयोगले आर्थिक क्षेत्र बलियो हुनेछ । गोडा, घुँडाको समस्या एवम् आर्थिक लेनदेनमा विवाद आउन सक्नेछ ।
वृश्चिक– बढी जिम्मेवारीले स्वास्थ्यमा समस्या हुनेछ । अचानक काममा रोकावट एवम् अपजसको सामाना गर्नुपर्नेछ । जीवनसाथीसँगको सम्बन्ध बिग्रिने एवम् प्रेममा धोका हुन सक्नेछ । खर्च बढी हुनाले यात्रा झन्झटिलो बन्नेछ । साताको मध्यमा भने काममा प्रगति मिल्ने एवम् भाग्यले साथ दिनेछ । साताको अन्त्यमा पदीय जिम्मेवारीको कारणले प्रशंसा मिल्ने एवम् पदोन्नतीको सम्भावना देखिन्छ ।
धनु– घरबाहिर बढी समय र खर्च व्यतित हुनेछ । अनावस्यक वादविवादले मुड खराब हुनेछ । मनोरञ्जनमा बढी मन जानेछ । प्रेममा प्रगति हुने एवम् नयाँ मित्रता अगाडि बढ्नेछ । यात्राको सुख मिल्ने एवम् वैवाहिक कुरामा प्रगति हुनेछ । साताको मध्यमा भने कठिनाइ झेल्नुपर्ने एवम् अपमानको भय रहन्छ । विद्याध्ययनमा भने कमजोर योग देखिन्छ । साताको अन्त्यमा भने वैदेशिक कामबाट फाइदा एवम् सामाजिक एवम् परोपकार काममा रुचि बढ्नेछ ।
मकर– मुद्दा मामिलामा समझदारी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तबाट सहयोग एवम उपलब्धी मुलक काममा खर्च हुनेछ । खेलकुद एवम् प्रतिस्पर्धामा जीत हासिल मिल्ने तथा सरकारी मुद्दा मामिला आफ्नो पक्षमा रहनेछ । साताको मध्यमा भने यात्राको मज्जा मिल्ने एवम् प्रियजनसँग रमाइलो हुनेछ । शैक्षिक क्षेत्र एवम् प्राविधिक क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । सरकारी व्यक्तिले साथ दिनाले रोजगारीको बाटो मिल्नेछ । साताको अन्त्यमा भने, काम बिग्रिने एवम् स्वास्थ्यमा समस्या आउनेछ ।
कुम्भ– विद्याध्ययनमा प्रगति हुनेछ । कला, संगीतमा सम्मान मिल्ने एवम सामाजिक काममा व्यस्तता बढ्नेछ । सन्तानको सहयोगले काममा सहायता हुनेछ । यात्रामा सामान्य चोटपटकको भय रहन्छ । पैतृक सम्पत्तिमा मनमुटाव बढ्ने एवम् मातापितासँग सम्बन्ध बिग्रिनेछ । साताको मध्यमा भने घरबाहिरको काममा रुचि हुने तथा स्वास्थ्यमा प्रगति हुनेछ । साताको अन्त्यमा भने रमाइलो यात्रा हुने एवम् साथीभाइसँग रमाइलोमा खर्च हुनेछ । नयाँ मित्रता गाँसिने एवम् नयाँ दोस्ती सुरुवात हुनेछ ।
मीन– साताको सुरुमा घरायसी समस्याले पिरोल्नेछ । निजी काममा चिन्ता थपिने एवम् चिसोको बाधा रहनेछ । साताको मध्यमा भने आम्दानी राम्रो हुने एवम् सन्तानबाट खुशीको खबर मिल्नेछ । व्यवसायमा लाभ एवम् धनको कारोबार बढ्नेछ । जीवनसाथीसँग भने सामान्य विवाद बढ्ने एवम् पिताजीको स्वास्थ्यमा गडबड रहनेछ । धार्मिक रुचि भने बढ्ने एवम् साताको अन्त्यमा भने स्वास्थ्यमा सुधार तथा खेलकुदमा प्रगति मिल्नेछ ।
प्रस्तुतिः ज्योतिष एवं वास्तुविद् सुरेन्द्र सापकोटा
सम्पर्कः ९८५१०७१५७४ पशुपति जयवागेश्वरी



