काठमाडौं । दार्जिलिङमा नेपाली भाषा बोल्ने नागरिकहरुले त्यहाँको राज्य सरकारले गरेको भाषी निर्णय विरुद्ध गरिरहेको आन्दोलनमा भारतीय सरकारले व्यापक दमन गरेको भन्दै नेपालीहरुले पनि आज उनीहरुको समर्थनमा काठमाडौंमा प्रर्दशन गर्दैछन ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा र सीमानामा काँडेतार अभियानको संयुक्त आयोजनामा आज दिउँस दुई बजें दार्जिलिङमा भैरहेको भारतीय दमन बिरुद्ध नेपालीको पक्षमा प्रदर्शन गरिने जनाइएको छ ।

आयोजकले दिएको जानकारी अनुसार भारतीय सरकारले त्यहाँका नागरिकको भाषिक स्वतन्त्रताको अधिकारमाथि हस्तपेक्ष गरेको विरोधमा दुई बजें रत्नपार्क अगाडि जम्मा भएर र्यालीसहित लैनचौर स्थित भारतीय दूतावास अगाडिसम्म पुगेर ३ः१५ बजें कोण सभा गर्ने कार्यक्रम रहेको छ ।

सुगौली सन्धीबाट गुमेको नेपाली भूभाग फिर्ताको लागि लामो समयदेखि आन्दोनल गर्दै आएको ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका संयोजक फणिन्द्र नेपाल र नेपाल भारतको खुल्ला सीमानाका कारण नेपालीहरुले सास्ती भोग्नु परेको भन्दै सीमानामा काँडेतार अभियान संञ्चालन गरिरहेका चलचित्र निर्माता, कलाकार नवल खड्काले संयुक्त रुपमा त्यस्तो कार्यक्रम गर्न लागेको जनाएका छन ।

ग्रेटर नेपालका संयोजक फणिन्द्र नेपालले हरपल नेपालसँग भने–‘दार्जिलिङ हाम्रो भुमि हो । त्यहाँ बस्ने नागरिकको मातृ भाषा नेपाली हो, उनीहरुले आफ्नो भाषा बोल्ने अधिकार पाउँनु पर्दछ, हामी त्यसको पक्षमा छौ । भारतीय सरकारले नेपाली भाषिमाथिको अत्याचार तुरुन्त रोक्नु पर्छ, हामी चेतावनी दिन चाहन्छौ, त्यसको विरोधमा हाम्रो प्रदर्शन हो ।’

नेता नेपालले दार्जिलिङका नेपाली भाषिहरुको पक्षमा आफुहरु रहेको भएपनि गोर्खाल्याण्डको मागका विषयमा भने आफ्नो समर्थन वा विरोध केहीपनि नभएको बताए । उनको जोड जार्जिलिङ, नैनतालसबै नेपाली भूभाग भएकाले त्यो नेपालले फिर्ता पाउनुपर्नेमा रहेको छ ।

त्यस्तै नेपाली चलचित्र निर्मार्ता, कलाकार समेत रहेका सीमानामा काँडेतार अभियन्ता नवल खड्काले पनि भाषिक आन्दोलनमा भारतीय सरकारले व्यापक दमन गरेको भन्दै त्यसलाई रोकेर उनीहरुको मागमा समर्थन गर्नुपर्ने हरपल नेपालसँग बताए ।

कलाकार खड्काले भने–‘सदियौंदेखि भारतीय पक्षबाट नेपाली भुभाग र संकृतीमाथि हस्तक्षेप गरिरहेको छ, दार्जिलिङमा भैरहेको दमन पनि त्यसैको उदाहरण हो, हामी त्यसको विरोधमा सडकमा जादैँछौ ।’

उनले राष्ट्रको अस्मिता र रक्षाको लागि मृत्यूको समेत आफुलाई प्रवाह नभएको भन्दै राष्ट्र, राष्ट्रियता र भाषाको रक्षाका लागि सबैलाई एक हुन आग्रह गरें ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah