बझाङ – बझाङको काँडा गाँउपालिमा नेकपा एमालेको प्यानल नै निर्विरोध विजयी भएको छ । हिजो भएको मनोनयन दार्तामा वडाँ नं. पाँचमा कसैको उम्मेदवारी नपरे पछि प्यानल नै निर्विरोध निर्वाचित भएको हो । काँडा गाँउपालिमा वाडा नं. ५ मा वडा अध्यक्ष धनजय बोहरासहित एमालेको प्यानल निर्विरोध निर्वाचित भएको हो ।
महिला सदस्यमा अम्मरा देवी बोहरा, खुला सदस्य डब्बल बोहरा र कलु बोहरा विजयी भएका छन् । दलीत महिला सदस्यमा भने कसेको उम्मेदवारी परेको छैन ।



