सोमबार बिहान साढे ९ बजे । काठमाडौंको भद्रकाली मन्दिर । झण्डै ४५ वर्ष आसपासका तीन जना महिला र २ जना पुरुष सुतिरहेका छन् । पर्साका किसुन प्रसाद यादव, गोरखाबा जीतबहादुर गुरुङसँगै बझाङकी कलावती जोशी, पर्साकी लेखादेवी कायस्थ र बाजुराकी कलु केसी यसरी लम्पसार परेर सुतेको आज चार दिन भयो । उनीहरुका वरिपरी १ सय भन्दा बढी मानिसहरु उनीहरुलाई घेरिरहेका छन् ।
उनीहरु शिक्षक हुन । अस्थायी शिक्षक । सरकारसँग स्थायी गरिनुपर्ने लगायतका विभिन्न माग राखेर उनीहरु आन्दोलनमा होमिएका थिए । पटक–पटकका आन्दोलन, पटक–पटकका वार्ता तथा पटक–पटकका सहमतिबाट सम्बोधन नभएको उनीहरुका माग अब अनसनले पूरा गर्नेमा दृढ छन् ।
विभेदकारी शिक्षक विज्ञापन खारेज गर्नुपर्ने, हालसम्मका सबै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने, हालसम्मका सम्पूर्ण विस्थापित भएका शिक्षकलाई साविक पदमै स्थापित गर्नुपर्ने, सम्पूर्ण अस्थायि सेवा गणना गर्नुपर्ने मागलाई अनसनले सम्बोधन गर्नेमा उनीहरु आशावादी देखिएका छन् ।
चारदेखि उनीहरुको पेटमा पानीसम्म पनि परेको छैन् । उनीहरुको मागमा एक्यबद्धता जनाउन हरेक समय देशभरका शिक्षकहरु आइरहन्छन । उनीहरुलाई हिम्मत नहार्न सुझाव दिइरहन्छन् । यो उनीहरु पाँच जनाको मात्रै मुद्धा होइन । देशभरका २६ हजारभन्दा बढी शिक्षकको प्रतिनिधित्व गर्दै उनीहरु अनसनमा छन् । जसमा देशैभरीबाट उनीहरुलाई साथ र सहयोग पाइरहेका छन् ।
अनसन स्थलमा शारीरिक रुपमा अपांग भएका शिक्षकहरुको पनि उपस्थिती छ । लामो समयदेखि अध्यापन पेशामा आवद्ध भएका शिक्षक शिक्षिकाहरुको मनभरी गुनासो छ । मलिन अनुहार लिएर छटपटाइरहेका देखिन्थे । आखाँ टलपालाइ रहेको सजिलै देख्न सकिन्थ्यो भने मनभरी आशा र करुणा भाव रहेको महशुस गर्न सकिन्थ्यो ।
उनीहरु चार दिनदेखि अनसन बसिरहेको भद्रकाली अगाडि सिंहदरबार छ । जहाँ देश चलाउने प्रधानमन्त्रीको कार्यालय छ । शिक्षकका माग सम्बोधन गर्ने कानुन मन्त्रालय र शिक्षा मन्त्रालय पनि छ । आज चौथो दिनसम्म देशले सुनेको कुरा झण्डै ३ सय मिटर अगाडिको सिंहदरबारले सुनेको छैनन् । उनीहरु अनसन बसेको देख्न सकेको छैन् ।
उनीहरुसँग अनसनमा देशका विभिन्न जिल्लाबाट आएका अस्थायी शिक्षकहरु पनि छन् । सरकारले आफ्ना मागलाई पूर्ण रुपमा सम्बोधन नगरेसम्म आमरण अनसनको कार्यक्रम जारी राख्ने उनीहरुले अडान लिएका छन् ।
शिक्षकहरुलाई सामान्य प्रक्रियाबाट स्थायी गरिनु पर्छ भनी पटक–पटकका मागहरु, सम्झौताहरु लगायत सम्मानित सर्वोच्च अदालतको कार्यान्वन सम्बन्धी वि.सं. २०६६ को परमादेश ताकेता समेत सरकारले वेवास्ता गरेको उनीहरुको आरोप छ ।
अनसनमा एक्यबद्धता जनाउन काभ्रेबाट आइपुगेका छिन शिक्षिक सरिता नाराल । स्थानीय पञ्चकन्या माविमा १८ वर्षदेखि पढाउँदै आएकी उनी आफ्नो अधिकार खोज्दै राजधानीमा आइपुगेकी हुन । सरकार प्रति दुःख व्यक्त गर्दै उनले आफूहरुको माग सम्बोधन गर्न सरकारलाई दबाब दिनकै लागि आन्दोलन गरेको बताउँदै थिइन । हाम्रो मागहरुलाई प्रक्रियागत ढंगबाट सरकारले सम्बोधन गरिदिए हुन्थ्यो भन्ने सरिताको चाहना छ ।
सल्यानको सरस्वती माध्यमिक विद्यालयमा २२ वर्षदेखि अध्यापन पेशामा आफूलाई सर्मपित गर्दै आएका शिक्षक चन्द्र बहादुर शाही पनि स्थायी हुने चाहनामा आन्दोलन गर्दैै आइरहेका छन् । उनको २२ वर्षे अनुभव पूर्णरुपमा तिखारिएको भएता पनि सरकार भने उनीहरुलाई विभेदपूर्ण ढंगले कार्यसम्पादनमा लागेको उनको गुनासो छ । शाही शारीरिक रुपमा अशक्त छन् । तर उनको आशा र मनोबल निकै बलियो छ । २६ हजार साथीहरुको मागलाई सम्बोधन गर्न सरकार हिचकिच्याइ रहेको अवस्थामा म मेरो प्राणलाई आहुती दिन पनि पछि पर्दैछ भन्दै आन्दोलनमा होमिएका छन्
उदयपुरबाट आन्दोलनकै लागि काठमाडौ आइपुगेकी पम्फा कुमारी तामाङ लामो समयदेखि अध्यापन पेशामा आवद्ध छिन् । सदरमुकाममा अवस्थित जनप्रेमी आधारभूत विद्यालयमा शिक्षिकाका रुपमा आधा जीवन खर्चिएकी उनी आफूलाई अस्थायीबाट सरकारले स्थायी बनाउने छ भन्नेमा आशावादी छिन् । शिक्षण पेशामा १९ वर्ष विताइसक्दा पनि सरकारले स्थायी बनाउनका लागि कुनै चासो नदेखाएको प्रति उनको आक्रोश छ ।
सम्पूर्ण शिक्षकहरु स्थायी हुनुपर्छ भन्ने माग हिजोको दिनमा थियो । हामी सरकारको दैलोमा आमरण अनसनमा छाँै तर पनि सरकार नदेखि रहेको अवस्था छ भनेर ५२ सालदेखि शिक्षण पेशामा आवद्ध रहेका पदम लोहरले एजुकेशन न्यूजसँग कुरा गर्दै भने ।
आधा जीवन विद्यार्थीलाई देश, समाज र अधिकार पढाउँदै र समाजलाई सचेत बनाउँदै आएका यी शिक्षकहरु जीवनको मध्यमार्गमा आइपुग्दा आफ्नै अधिकार खोज्दै लडाइ लड्न बाध्य भएका छन् । यस अगाडि थुप्रै लडाइँ लडेका उनीहरु अब अनसनलाई अन्तिम लडाइ होस भन्ने कामना पनि गरेका छन् । अधिकार प्राप्तीका लागि जीवन नै बाजी राखेका उनीहरु अनसनबाट घर फर्कँदा खुसी मन लिएर फर्कने सपना बुनेका छन् । त्यस्तै हुन्छ भन्नेमा ढुक्क पनि छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah