महानगरीय ट्राफिक प्रहरी महाशाखाले चोरी भएका ३० वटा मोटरसाइकल र स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ।महाशाखाले दुई हप्तामा चोरी भएका १९ वटा मोटरसाइकल र ११ वटा स्कुटर गरि ३० वटा मोटरसाइकल खोजतलास एव बरामद गर्न सफल भएको छ।महाशाखाले पीडित सहायता ईकाइबाट खटिएको टोलीले गोलढुंगाबाट गंगबु बस्ने अशोकमानसिंह कुवरको हराएको बा९२प ९१३३ नंम्बरको निलो बुलेट बाइक चोरीमा संलग्न नुवाकोटका ३० वर्षे बिमल गुरुङ र मोरङ बेलबारी घर भई गोलढुंगा बस्ने आशिष खत्रीलाई मोटरसाइकलसहित पक्राउ गरेको छ।

उक्त मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरि बा९६प ४५९० नम्बर प्रयोग गरेको अबस्थामा पक्राउ गरेको हो।उक्त चोरी भएका मोटरसाइकलहरू उपत्यका र आसपासका विभिन्न स्थानबाट बरामद गरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले आज सम्बन्धित सवारी धनीलाई जिम्मा लगाएका हुन्।कार्यक्रममा बोल्दै एसएसपी भट्टराईले सवारी साधनको चोरी नियन्त्रण गर्ने अभियानलाई तिब्रता दिइँदै आएको बताए।

उनले भने, ‘यसका लागि सादा पोसाकमा समेत विशेष ट्राफिक प्रहरीको टोली परिचालन गरेका छौँ, त्यस टोलीले नियमित रूपमा खबर संकलन गर्ने तथा विशेष अपरेशन मार्फत मोटरसाइकल बरामद गर्ने गर्दछ भने चोरीमा संलग्न मानिसहरुलाई समेत पक्राउ गर्ने गर्दछन्।’महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक टोलीले उपत्यकाको भक्तपुर, काँडाघारी, माछापोखरी, गोकर्णेश्‍वर, टोखा, नयाँबसपार्कका साथै उपत्यकासँग सिमाना जोडिएका बिभिन्न स्थानहरुबाट यी मोटरसाईकलहरु बरामद गरेको एसएसपी भट्टराईले जानकारी दिए।

ट्राफिक महाशाखाले बिशेष सूचना संकलन गरि अपरेसनमा गई मोटरसाइकलहरु बरामद गर्दछ, चोरीमा संलग्न मानिसहरुलाई पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी बृत्तहरुमा पठाउने गरेको र अन्य अनुसन्धान पश्चात फेला परेका र बरामद गरेका मोटरसाइकलकहरु सम्बन्धित धनीलाई सम्पर्क गरि बुझाउने गरेको महाशाखाले जनाएको छ।यस आर्थिक वर्षमा मात्रै हराएका ३३१ वटा मोटरसाइकल खोजतलास गरि सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ४५ जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरुमार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।चोरी भएको थाहा पाउनसाथ नजिकको प्रहरी वा ट्राफिक प्रहरीको हटलाइन १०३ वा अनलाईन सेवा ‘लस्ट भेहीकल अप्लिकेसन’ मा लगइन गरेर निवेदन दिने व्यवस्था समेत रहेकोले समयमै जानरी गराउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर