संखुवासभामा उम्मेदवारी दर्ताकै दिन एक उम्मेदवारको हत्या भएको छ । उम्मेदवारी दर्ता गर्न हिँडेका भूतखोला गाउँपालिकाको दुई नम्बर वडामा माओवादी केन्द्रका तर्फबाट वडाध्यक्षका उम्मेदवार छिमी भोटेको हत्या भएको हो ।

माओवादी नेता गोपाल किराँतीका अनुसार उनको उम्मेदवारी मनोनय दर्ता गर्न आउँने क्रममा बाटैमा हत्या भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेता किराँतीले आफ्ना उम्मेदवारको हत्या भएको हुँदा पुनः उम्मेदवारी दर्ता गर्न पाउनुपर्ने बताए । उनले हत्यारालाई कडा कारबाहीको माग समेत गरेका छन् ।

त्यस्तै नेकपा माओवादी केन्द्र संखुवासभाले पनि आफ्ना उम्मेदवारको हत्या भएको भन्दै दोषी पत्ता लगाइ कारबाहीको माग गरेको छ ।

माओवादी नेताहरुले आफ्ना उम्मेदखवारको हत्या भैरहेको बताइरहँदा यता प्रशासनले भने उनको राजनीतिक कारणले नभइ पारिवारिक कारणले हत्या भएको जनाएको छ ।