–गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले जुनसुकै पार्टीमा आवद्ध भए पनि देश निर्माणका लागि चुनावमा एमालेलाई साथ दिन मतदातासँग आग्रह गरेका छन् ।

कन्काई नगरपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले सरकारमा रहंदा एमाले र अन्य पार्टीले कसरी काम गरेका थिए तुलना गरेर देशहितमा रहेको एमालेलाई मतदान गर्न उनले आग्रह गरे ।

ओली तीन दिने चुनावी कार्यक्रम सहित सोमबार झापा आइपुगेका हुन् । ओलीलाई स्वागत गर्न हजारौंको जुलुश भद्रपुर विमानस्थल पुगेको थियो ।

‘एमालेले सरकारको नेतृत्व गर्दा कसरी काम गर्छ देख्नु भएको छ, अरु पार्टीले सरकारको नेतृत्व गर्दा के के गर्छन् त्यो पनि देख्नु भएको छ’ ओलीले भने, ‘अरु पार्टीमा अल्मलिएका साथीहरुलाई पनि म भन्छुः देशको समृद्धि र हितका लागि एमालेलाई मतदान गर्नुस् देश समृद्ध हुँदा तपाईंहरु पनि समृद्ध हुनुहुन्छ ।’

उनले आफू प्रधानमन्त्री हुँदा थालेको पूर्वपश्चिम रेल र केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको योजना केही वर्ष भित्रै सार्थक हुने पनि वताए । ‘कसैले पहाडका मात्रै कुरा गर्छन्, कसैले मधेसका मात्रै कुरा गर्छन्, कसैले हिमालका मात्रै कुरा गर्छन् ।

एमाले मधेस, पहाड र हिमाल सबै ठाउँमा बस्ने जनताको पार्टी हो’ ओलीले भने, ‘म प्रधानमन्त्री भएको बेला पूर्व–पश्चिम, केरुङ– काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग बनाउने योजना थालनी गरेको छु । हिमाल, पहाड, तराई सबैतिर त्यसले समृद्धि ल्याउँछ ।’

उनले एमाले राष्ट्रिय स्वाभीमान, लोकतन्त्र र समृद्धिको नेतृत्व गर्ने पार्टी रहेको वताउँदै यस उद्धेश्यका लागि अरु पार्टीमा नभौंतारिन पनि आग्रह गरे ।

‘लोकतन्त्रको रक्षा गर्नु छ एमाले छ, स्वाभीमानको रक्षा गर्नु छ एमाले छ, विकास र समृद्धि चाहिन्छ एमाले छ’ ओलीले भने, ‘अरुले लोकतन्त्रको कसरी खिल्ली उडाए, स्उनीहरु वाभीमानको विरुद्ध कसको पक्षमा उभिए, समृद्धिको योजनालाई कसरी उडाए ? त्यसैले यी सबै उद्धेश्यका लागि एमाले नै तपाईंहरुको पार्टी हो ।’

नेपालमा कुनै समयमा विभेद र असमानता भए पनि संविधानसभाले जारी गरेको संविधानले त्यसलाई अन्त्य गरेको वताए । ‘हो कुनै बेला असमानता र विभेद यहाँ थियो तर, हामीले संविधानसभाबाट जारी गरेको संविधानले असमानता र विभेद हटाएको छ’ ओलीले भने, ‘अव त्यसलाई कार्यान्वयन गर्दै देश बनाउनु छ ।’ कार्यक्रममा कांग्रेस, माओवादी लगायत पार्टीका सयौं कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah