नेपाली कांग्रेसले दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टी उम्मेदवारहरुलाई जिताउन सहयोग गर्न केन्द्रीय नेताहरुलाई जिल्ला पठाउने निर्णय गरेको छ ।
रामचन्द्र पौडेलको संयोजकत्वमा रहेको निर्वाचन परिचालन समितिको सोमबारको बैठकले ३५ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ ।
साथै कांग्रेसले निर्वाचन अनुगमन गर्न डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन अनुगमन कार्यदल समेत गठन गरेको छ । यो कार्यदलको सदस्यमा महालक्ष्मी उपाध्याय डिना, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र दिलबहादुर घर्ती रहेको कांग्रेस केन्द्रिय कार्यालयले जनाएको छ ।
कुन जिल्लामा को खटिए :
१. ताप्लेजुङ : भीमसेनदास प्रधान
२. पाँचथर : अर्जुनप्रसाद जोशी
३. इलाम : श्यामकुमार घिमिरे
४. झापा : डा. रामशरण महत
५. संखुवासभा : प्रकाशमान सिंह/जीवन परियार
६. तेह्रथुम : जगदीशश्वर नरसिंह के.सी.
७. भोजपुर : बहादुरसिंह लामा तामाङ
८. धनकुटा : मोहनबहादुर बस्नेत
९. मोरङ : बिमलेन्द्र निधि
१०. सुनसरी : अर्जुननरसिंह के.सी.
११. सोलुखुम्बु : यज्ञबहादुर थापा
१२. खोटाङ : राजेन्द्रकुमार के.सी.
१३. ओखलढुंगा : प्रकाश शर्मा पौडेल
१४. उदयपुर : तेजुलाल चौधरी
१५. गुल्मी : चन्द्रबहादुर कुँवर
१६. पाल्पा : ध्रुव वाग्ले
१७.अर्घाखाँची : कमला पन्त
१८. नवलपरासी : रोमी गौचन थकाली/रंजीत कर्ण
१९. रुपन्देही : महेन्द्र यादव/शंकर भण्डारी
२०. कपिलवस्तु : धनराज गुरुङ/रामकृष्ण यादव
२१. रुकुम : गोविन्द भट्टराई
२२. रोल्पा : उदयशम्शेर राणा
२३. प्यूठान : रामचन्द्र पोखरेल/खड्गबहादुर बस्याल
२४. दाङ : सुरेन्द्रराज पाण्डे
२५. बाँके : हृदयराम थानी
२६. वर्दिया : चित्रलेखा यादव/उमाकान्त चौधरी/रेशमबहादुर वानियाँ
२७. बाजुरा : ईन्द्र वानिया
२८. अछाम : मोहनप्रसाद बराल
२९. बझाङ : प्रदीप पौडेल
३०. डोटी : चन्द्र महर्जन
३१. कैलाली : रत्न शेरचन
३२. दार्चुला : गगनकुमार थापा
३३. बैतडी : तप्तबहादुर विष्ट
३४. डडेल्धुरा : शेषनाथ अधिकारी
३५. कञ्चनपुर : जीवनबहादुर शाही



