मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

निकै भावनाशील रहनुहुनेछ। आमाको स्वास्थ्यको चिन्ता रहनेछ। स्थावर सम्पत्तिको मामलामा कुनै निर्णय नलिनुहोला। मानसिक व्यग्रता र शारीरिक अस्वस्थता रहनेछ। विधार्थीको लागी समय मध्यम रहनेछ। स्वाभिमान भंग नहोस् यस कुराको ध्यान राख्नुहोला।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
तन र मनले स्वस्थ र प्रफुल्लित रहनुहुनेछ। परिवारसँग घरको प्रश्नको सम्बन्धमा चर्चा गर्नुहुनेछ। आर्थिक मामलामा अधिक ध्यान दिनुहुनेछ। हरेक कार्यमा सफलता मिल्नेछ। भाग्यवृद्धिको योग रहेको छ। प्रिय व्यक्तिसँग र सार्वजनिक सम्मान मिल्नेछ। व्यापारमा वृद्धि हुनेछ तथा प्रतिस्पर्धिको परास्त गर्नुहुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

थोरै विलम्ब वा अवरोधपछि निर्धारित रूपले कार्य पूरा गर्नुहुनेछ। आर्थिक आयोजन सफल गर्नुहुनेछ। मिष्टान्न भोजन प्राप्त गर्नुहुनेछ। विधार्थीको अध्ययन मध्यम रहनेछ। आफन्त र मित्रसँग भेट आनन्दमय रहनेछ। धन्दामा अनुकूल वातावरण रहनेछ । आयमा वृद्धि हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

भावनाको प्रवाहमा सराबोर रहनुहुनेछ र कुटुम्ब, मित्र तथा आफन्तसँग सहभागी बन्नुहुनेछ। भेट – उपहारको प्राप्ति हुनेछ। स्वादिष्ट भोजन र बाहिर घुम्न जानुहुनेछ। मांगलिक अवसरमा उपस्थित रहनुहुनेछ। आनन्ददायक बसाई हुनेछ। दाम्पत्यजीवनमा धनिष्ठता अनुभव गर्नुहुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

अत्यधिक चिन्ता र भावनाको कारण शारीरिक र मानसिक रूपले निराश र अस्वस्थता अनुभव गर्नुहुनेछ। वाद-विवाद तथा संघर्ष खडा गर्नुहुनेछ। अदालती मामलामा सावधान रहनुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। आयको अपेक्षा खर्च अधिक हुनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

लाभको दिन रहनुहुनेछ। व्यापार-धन्दामा विकासको साथसाथै आय बढ्नेछ। पेसामा लाभको अवसर मिल्नेछ। वैवाहिक जीवनमा सुख-सन्तोषको अनुभूति हुनेछ। श्रीमती र वृद्द तर्फबाट लाभ मिल्नेछ। मित्रसँग रमणीय पर्यटन हुनेछ। स्त्री मित्र विशेष लाभकारी साबित हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

परिवारमा आनन्द र उत्साहको वातावरण रहनेछ। अफिस र पेसामा आय वृद्धि पदोन्नतिको लागी संयोग निर्मित हुनेछ। आमाको तर्फबाट लाभ हुनेछ। अफिसमा उच्च पदाधिकारीद्वारा कामको चर्चा हुनेछ। सहकर्मीको सहयोग मिल्नेछ। शारीरिक स्वास्थ्य स्वस्थ रहनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

हरेक विषयको नकारात्मक पहलुको अनुभव गर्नुहुनेछ। थकान र आलसको कारण स्फूर्तिको अभाव रहनेछ। मनमा गहिरो चिन्ताले सताउनेछ। पेसा- व्यवसायमा अवरोध खडा हुनेछ। उच्च पदाधिकारीको साथसाथै वाद-विवादमा नउत्रिनुहोला। विदेशगमनको अवसर निर्मित हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

बोलि र क्रोधमा नियन्त्रण राख्नुहोला अन्यथा अनर्थ हुन सक्छ। जाडोको कारण तपाईको स्वास्थ्य खराब हुनेछ। मानसिक व्यग्रताको अनुभव गर्नुहुनेछ। धन खर्चमा वृद्धि हुनेछ। निषेधात्मक कार्य तथा अनैतिक कामवृत्तिले कुमार्गमा लिएर जान सक्ला ध्यान राख्नुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

विचार, व्यवहारमा भावुकता विशेष मात्रामा रहनेछ। परिवार ऱ मित्रसँग खुशीपूर्वक दिन बिताउनुहुनेछ। तन-मनमा स्फूर्ति र प्रसन्नता रहनेछ। व्यवसाय वृद्धि हुनेछ । साथै आय वृद्धि हुनेछ। सार्वजनिक जीवनमा मान- प्रतिष्ठा बढ्नेछ। विपरीत लिंगीय व्यक्ति प्रति आकर्षण बढ्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

कार्यमा यश, कीर्ति र सफलता मिल्नेछ। परिवारमा मेलमिलाप बनिरहनेछ। शारीरिक र मानसिक स्वस्थता बनिरहनेछ। विचार र व्यवहारमा भावुकता अधिक रहनेछ। पेसामा साथी कर्मचारीले सहयोग गर्नेछ । पैसा खर्च हुनेछ। विरोधि वा प्रतिस्पर्धिको पराजय हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

कल्पनाको लोकमा विचारणा गर्न मन पराउनुहुनेछ। साहित्य लेखनमा सिर्जनात्मकता प्रकट गर्नुहुनेछ। विधार्थीको लागि शुभ समय रहेको छ। प्रेमी र प्रिय व्यक्तिसँग सानिध्य प्राप्त गर्नुहुनेछ। कामुकता विशेष मात्रामा रहनेछ। मानसिक सन्तुलन बनाईराख्नुहोला।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah