
काठमाडौं, १२ चैत । कैलालीको टीकापुर काण्डमा जन्म कैद सजाय तोकिएका निलम्बित सांसद रेशम चौधरीले नेताहरुलाई मिल्न आग्रह कारागारबाटै मार्मिक गीत लेखेका छन् ।
काठमाडौ डिल्लीबजार कारागार रहेका चौधरीले डटपेनले खाताको पानामा गीत लेखेका हुन् ।
उनले गीतको शीर्षक–को हो नेपाली ? राखेर नेताहरूलाई मिल्न आग्रह पनि गरेका छन् । अहिले जसपा र सरकारबीच सत्ता सहकार्यका लागि छलफल भइरहेको ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा नेताहरुबीचको छलफल सहमति नजिक पुग्न लागेको बताइएको छ । सत्ता सहकार्यका लागि जसपाले निलम्बित सांसद रेशम चौधरीको रिहाइ, संविधान संशोधनलगायतका माग राखेको छ । रेशम चौधरीको रिहाइका विषयमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक रहेको बताइएको छ ।
तर जसपा सरकारमा जाने विषयमा नेताहरुबीच दुई धार देखिएको छ । जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उपेन्द्र यादव ओली सरकार प्रतिगामी भएका कारण सत्ता सहकार्य गरेर सरकारमा जान नहुने बताइरहेका छन् ।
हेर्नुहोस् :