१२ चैत,सर्लाही । पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडकखण्डको निर्माणले गति लिन सकेको छैन । यसले गर्दा स्थानीय बासिन्दा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधाभन्दा सास्ती बढी दिएको स्थानीय कपिल साहले गुनासो गरे ।तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा विसं २०७३ मा ठेक्का लागेको यस सडकको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन । “काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयवासीले भत्काएका छन् । काममा ढिलाइ भएको जनाउँदै स्थानीयवासी आक्रोशित बनेका”, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय