१२ चैत,सर्लाही । पूर्व–पश्चिम लोकमार्गस्थित सर्लाहीको फुजोरबाट–त्रिभुवननगर सडकखण्डको निर्माणले गति लिन सकेको छैन । यसले गर्दा स्थानीय बासिन्दा दैनिक सास्ती खेप्न बाध्य भएका छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले स्थानीय आजित भएका छन् । सडकले सुविधाभन्दा सास्ती बढी दिएको स्थानीय कपिल साहले गुनासो गरे ।तीन वर्षमा निर्माण सकिनुपर्ने यस सडक खण्ड चार वर्ष वितिसक्दला पनि अधुरै छ । रु ८६ करोडमा विसं २०७३ मा ठेक्का लागेको यस सडकको निर्माण ५० प्रतिशत पनि पूरा भएको छैन । “काममा ढिलासुस्ती हुँदा एक दर्जनभन्दा बढी गाउँका बासिन्दा हिलो र धुलोमा यात्रा गर्न बाध्य छन् । दुर्घटनाको जोखिम पनि उत्तिकै छ । सडक मापदण्डमा परेका घर स्थानीयवासीले भत्काएका छन् । काममा ढिलाइ भएको जनाउँदै स्थानीयवासी आक्रोशित बनेका”, ब्रम्हपुरी गाउँपालिकाका अध्यक्ष विनोद साहले भने ।
सडक निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दालाई सास्ती
सवालनेपालसंवाददाताबिहीबार, ११ चैत २०७७

सडक निर्माणले गति लिन नसक्दा स्थानीय बासिन्दालाई सास्ती
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
संविधान दिवसमा टेलिकमको ‘अफर’

यो पनि पढ्नुहोस् »
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

संविधान दिवसमा टेलिकमको ‘अफर’
बिहीबार, २ असोज २०८२
आफूखुसी इन्टेरनेट शुल्क नबढाउन दूरसञ्चार प्राधिकरणको निर्देशन
मंगलबार, २ जेठ २०८०
ह्वाट्सएपका गोप्य च्याट लक गर्न मिल्ने
मंगलबार, २ जेठ २०८०
घरबाटै नो अब्जेक्शन सर्टिफिकेट लिन सकिने
सोमबार, १ जेठ २०८०
डाटा चोर्ने १४ लाख एन्ड्रोइड एप गुगलले हटायो
आइतबार, १७ वैशाख २०८०



