अलैंचीमा भएको पोषक तत्त्व र औषधीय गुणले स्वास्थ्यका सही राख्न मद्दत गर्छ । अनि यसले चुरोटको लत पनि हटाइदिन्छ ।अलैंचीमा पोषक तत्त्वका साथै अल्फा टेरपिन, लाइमोनीन, माइकेनिन र मेंथोफोन जस्ता गुण हुन्छन् ।यस्तालाई दिनमा चारपटक चपाउँदा पनि चुरोटको तलतल घट्छ अनि निकोटिन नपाइँदा हुने छटपटी र चिन्ताबाट पनि आराम दिन्छ । राति राम्रो निद्रा आउने र दिमागलाई शान्ति दिने काम पनि गर्छ ।लगातार सात हप्तासम्म सूप र अलैंची एकसाथ खाँदा निकोटिनको लत नियन्त्रणमा आउँछ । अनि पाचन दुरुस्त भएर पेटको समस्या पनि घट्छ ।यसबाहेक अमला, सूप र अलैंचीलाई बराबर मात्रामा चूर्ण बनाउनुस् । अनि चुरोट वा बिडी पिउन मन हुँदा यस मिश्रणको एक चम्चा खानुस् । यसलाई बिस्तारै चपाईचपाई खानुस् । यसले लत पनि छुटाउँछ अनि पेट पनि सफा गर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय