डा. रवीन्द्र पाण्डे :

१. लकडाउनबारे 
– लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ । यो सहि हैन । सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन । संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ । पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन । हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन ।

२. खोपबारे 
– यहि सोमवार चीनबाट ८ लाख डोज खोप आउँदैछ । त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्छ । भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् । यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्छ ।

३. दोस्रो मात्रा बारे 
– दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ । कारणबस दोस्रो मात्रा खोप लगाउन नपाए पनि पहिलो खोपको प्रभावकारिता न्युनतम ६४.१ % हुने एस्ट्रेजेनेकाले बताएको छ । दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०. ४  % हुन्छ ।

– बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० % ले कम हुन्छ ।

४. खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन ?

खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ । उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ । फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् । खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ ।

खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ । यो बुझ्नु / बुझाउनु जरुरी छ ।

५. दोस्रो लहरको क्षति अनुमान

दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन । त्यो बेला हामीसँग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसिभिर लगायत औषधि ) को अभाव थियो । अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् । आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ । खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रत्यक्ष छ । मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ । खोप आइरहनेछ । तसर्थ क्षति निकै कम हुन्छ ।महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो । कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय