काठमाडौं– होली भन्ने बित्तिकै उमंगको चाडको रुपमा लिने गरिन्छ ।होलीको दिन मानिसहरु निकै खुशी हुन्छन् ।एक–अर्कामा खुशीयाली साटासाट गर्छन् ।यो पर्वमा एक–अर्कालाई रंग दल्न, घोचपेच गर्न पनि छुट मिल्छ ।त्यसैले त जनकपुर, वीरगञ्जतिर होलीकै बेला महामूर्ख सम्मेलनमार्फत महामूर्खको खोजि गरिंदा समेत कोही पनि रिसाउँदैन ।होलीमा रमाइलोका लागि खुलेर खाने–पिउने गरिन्छ ।खाने–पिउने प्रसंगमा आफूलाई नियन्त्रण गर्न सकिएन भने दुर्घटना निम्तिने सम्भावना पनि रहन्छ ।यसैबीच, कलाकर्मीसंगको पछिल्लो भेटमा लोकप्रिय हास्य अभिनेता शिवशंकर रिजाल अर्थात जोगिन्दर पानवालाले आफ्नो अहिलेसम्म कै अविष्मणरीय होली स्मरण गरेका छन् ।उनले करिव २७ वर्षअघि मनाएको त्यो होली अहिले पनि उनको सम्झना ताजै रहेछ ।त्यस्तो होली त्यसअघि र पछि कहिले पनि नमनाएको उनको भनाइ छ ।

२०४९ सालको उक्त होलीलाई जोगिन्दर पानवालाले आफ्नै शब्दमा यसरी स्मरण गरेका छन् :

त्यो वर्ष होली मनाउँदा म किशोरावस्थामा थिएँ ।गाउँकै स्कूलमा कक्षा ९ मा पढ्दै थिएँ ।तराईको होलीमा त्यसै पनि जाँड–रक्सी भन्दा पनि घोट्टा खाने र पिउने चलन हुन्छ ।अहिले पनि गाउँघरतिर होलीमा घोट्टा पिउने चलन जारी नै छ ।हुन त घोट्टा बनाउनका लागि धेरै नै मेहनत गर्नु पर्छ ।शुद्ध दुधबाट बनाईने घोट्टामा धतुरो हालिन्छ ।होलीको दिन हाम्रो गाउँमा पनि घोट्टा बनेको मैले थाहा पाएको थिएँ ।म पनि घोट्टा बनेको ठाउँमा पुगें ।आफू भन्दा ठूलाहरुले निकै मीठो मानेर घोट्टा पिएको देखेपछि म पनि लोभिएँ ।म लोभिएको देखेर साथीभाइले मलाई घोट्टा पिउन आग्रह गरे ।प्रारम्भ त मलाई घोट्टा पिउनै डर लाग्यो ।तर, साथीभाइको असाध्यै कर गरेपछि मैले नाईँ भन्नै सकिन ।आँखा चिम्लिएर एक गिलास घोट्टा तनतनी पिएँ ।पहिलो पटक घोट्टाको स्वाद पाएकाले होला, एक गिलासले धितै मरेन ।नढाँटी भन्नु पर्दा मलाई त्यो घोट्टाको स्वाद फ्रेस जूसको जस्तो लागेको थियो ।चैतको गर्मी, त्यसमाथि तराई ।चीसो घोट्टा एक, दुई होइन तीन गिलास नै पिएँछु ।पिउन्जेल त मलाई पनि यादै थियो ।

तर, जसै तेस्रो गिलास रित्तियो, त्यसपछि मलाई फनफनी घुमाए जस्तो भो ।पृथ्वी नै चक्कर लागे जस्तो भयो ।न कतै समातिन्छ, न कसैले बोलेको सुनिन्छ, न आफैं केही बोल्न सकेको छु ।तीन गिलास पिएपछि घोट्टाले आफ्नो रंग देखाउन थालेछ ।मैले त तीन लोक र चौध भुवन एकै ठाउँमा देखें ।त्यसपछि मैले के–के गरेंछु भन्ने कुरा साथीहरुले म फ्रेस भएपछि मात्रै सुनाए ।त्यो सुनेर म आफैं लाजले भुतुक्कै भएँ ।तीन गिलास घोट्टा पिइसकेपछि मलाई नराम्रो नशा लागेछ ।नशा लागेपछि म एक्लै कराउन थालेछु ।त्यसै–त्यसै बरबराउन थालेछु ।त्यति मात्रै हो र, घरी रुने अनि घरी हाँस्ने गर्न थालेछु ।त्यत्रो हुँदा समेत मलाई केही थाहै थिएन ।किशोरावस्थाको छोराले अनौठो क्रियाकलाप गर्न थालेपछि मेरो आमा–बुवासमेत आत्तिनु भएछ ।डरले धामी–झाँक्री नै बोलाउने निर्णय गर्नु भएछ ।तर, छिमेकीहरुले ‘तिम्रो छोराले फागु पूर्णिमामा बनाएको घोट्टा खाएछ’ भनेपछि आमाले अमिलो कागती र दही खुवाउनु भएछ ।त्यसले पनि काम गरेनछ ।होलीको दिन घोट्टा पिएको केही घण्टापछि म मस्त सुतेँछु ।

त्यसरी सुतेको झण्डै तीन दिनपछि मात्र म निद्राबाट व्यूँझिएँछु ।निद्राबाट ब्यूँझेपछि पो थाहा पाएँ, मेरो बुवाले त आफ्नो सानो छोरालाई घोट्टा खुवाएको आरोपमा घोट्टा बनाउनेविरुद्ध प्रहरीमा उजुरी नै दिनु भएछ ।तीन दिनपछि म होसमा आएपछि मात्र त्यो उजुरी फिर्ता लिनु भयो ।त्यसपछि सबै गाउँलेहरुसंग माफी पनि माग्नु भएछ ।त्यो क्रममा एउटा अनौठो कुरा भयो ।मेरा आमा–बुवाले घोट्टा बनाउनेलाई प्रहरीमा उजुरी गरेपछि मेरा केही साथीहरु भागेर १–२ वर्ष गाउँ नै फर्किएनन् ।केही वर्षपछि मात्र उनीहरु गाउँ फर्किएर मलाई भेट्न आएका थिए ।त्यसरी त्यो वर्षको होली र घोट्टा म जीवनभरी बिर्सन सक्दिन ।मलाई तीन दिनसम्म बेहोस बनाउने र मलाई घोट्टा खुवाउनेहरुको केही वर्षसम्म होस् उडाउने त्यो होली र घोट्टा म कसरी बिर्सन सक्छु ?त्यो होलीपछि मैले आजका दिनसम्म घोट्टालाई पिउन त के छोएको पनि छैन ।भविष्यसम्म पनि नछुने र नखाने कसम नै खाएको छु।अरु कसैलाई पनि घोट्टा खाएर त्यस्तो नहोस् भन्ने कामना गर्दछु ।विजयको प्रतिक होली खुशीसाथ शुभकामना आदान–प्रदान गरेर मनाउँ, तर सोमरस र रमरस खाएर होली नमनाउँ ।ह्याप्पि होली !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah