एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीसँग नीतिगत टक्कर लिने कुनै शक्ति नभएको वताएका छन् । गृहजिल्ला झापाका चुनावी कार्यक्रममा सक्रिय रहेका ओलीले एमालेका एजेण्डाको विरोध गर्नु र फेरि त्यसैको नक्कल गरेर घोषणा पत्र छाप्ने वाध्यतामा अन्य पार्टीहरु रहेको ओलीले वताए ।

‘नीतिमा हामीसँग टक्कर लिने कुनै शक्ति वा पार्टी छैन, हामीले देशलाई आन्तरिक र बाह्य रेल सञ्जालले जोड्ने कार्यक्रम ल्यायौं’ ओलीले भने, ‘त्यसको खपिनसक्नुगरी विरोध गरे । पछि यो त नगरी नहुने रहेछ भन्ने लागेर अरु पनि भन्नका लागि रेल भन्न थाले ।’ उनले देशमा लोकतन्त्र, राष्ट्रिय एकता र समृद्धि नचाहिने भए मात्र एमाले नचाहिने तर्क गरे ।

‘हामीलाई लोकतन्त्र चाहिन्छ, राष्ट्रिय एकता चाहिन्छ  र समृद्धि चाहिन्छ, यदि यी कुरा चाहिन्छ भने एमाले चाहिन्छ’ ओलीले भने, ‘यो सबै चाहिंदैन भने त अरु पार्टी छंदैछन् ।’ उनले कसरी सरकार चलाउनु पर्छ भन्ने कुरा एमालेको सरकारले देखाएको वताए । ‘सरकार कसरी चलाउनु पर्छ, कसरी देशको स्वाभीमान बचाउनु पर्छ र कसरी समृद्धितर्फको यात्रा अघि बढाउनु पर्छ त्यो एमालेले देखाएको छ’ ओलीले भने, ‘अरुले कसरी देश चलाउँछन्, कसको आदेश मान्छन्, कसका लागि के गर्छन् त्यो पनि देखिएको छ ।’

एमालेको मुख्य पहलकदमीमा राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्म महिलाको प्रतिनिधित्व पुरुष सरह नै भएको ओलीले दृष्टान्त प्रस्तुत गरे । ‘राष्ट्रपति देखि वडा तहसम्म महिलाको प्रतिनिधित्वका लागि हामीले गरेको नीतिगत पहलकदमी संसारकै लागि नयँ शिक्षा हो’ ओलीले भने, ‘अमेरिकाले यस्तो गर्न सकेको भए हामीलाई कति उपदेश दिने थियो होला ?’

स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एमालेले ४५ प्रतिशत सिट जितेको र धेरै ठूलो जनसंख्या भएका महानगर, उपमहानगर र नगरपालिकाहरु एमालेले जितेको वताउँदै ओलीले दोस्रो चरणको निर्वाचनबाट ६५ प्रतिशत पुर्याउने दावी गरे । स्थानीय तह विकासको मेरुदण्ड भएकाले विकास गर्नै दृष्टिकोण भएको एमालेले जित्नु पर्ने ओलीको भनाई थियो ।

१० बर्षभित्रमा दमकलाइ बिदेश गएर आएकाहरुले नचिन्ने पनि ओलीको भनाइ थियो । एमालेको नेतृत्वमा दमक एउटा नमूना शहर मात्र होइन हेर्न र बस्न लायक शहर बनाउने घोषणा पनि उनले गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah