दमक/उद्योग बाणिज्य महासंघका पूर्व बरिष्ठ उपाध्यक्ष तथा बरिष्ठ उद्योगि भाष्करराज राजकर्णकारले झापाको दमक नगरपालिकामा एमाले्को नेतृत्व स्थापित भएमा मात्र अहिले दमकमा सञ्चालनमा हुन लागेको ठूला बिकासका परियोजनाहरुले सार्थकता पाउने बताएकाछन् ।

उनले दमकको औधोगिक पार्क निर्माणले प्रारम्भिक चरणमा ४५ हजार त्ययसपछि १ लाख र निर्माण सम्पन्न भएपछि ५ लाखले रोजगारी पाउने बताउदै एमालेलाइ जिताउन उनले आग्रह गरे ।

एमालेको पहलमा दमकमा औधोगिक पार्क, भ्यू टावर र बिश्वको अग्लो बुद्धमूर्ति आएको बताउदै आफू सम्बृद्धि चाहाने भएकाले एउटा ब्यवसायिको हैसियतले एमालेले नजित्दा यि योजना पछि पर्ने चिन्ता रहेको जनाए ।

अरुले यि योजना आफूले ल्याएको भनेर भ्रम फैल्याएको सुनेको बताउदै यो एमालेका अध्यक्ष केपी शर्मा ओलीको पहलमा आएको र उहाँकै नेतृत्वमा यो पुरा हुने उनको भनाइ रहेको थियो ।

३ खर्ब बजेट आउने निश्चित भएकाले दमकको् सम्बृद्धिका लागि एमालेलाइ जिताउनका लागि आफू आग्रह गर्न दमकसम्म आउनु परेको उनले स्पष्ट पारेका थिए ।

चीनको वालवेल्ट वान रोड हेर्ने नेपाल प्रमुख समेत रहेका कर्णकार भने-१ लाखभन्दा बढिलाइ रोजगारी र २ खर्ब बजेट सहितको औधागिक पार्क निर्माण गरेर दमकलाइ सम्बृद्ध बनाउन एमालेलाइ मत हाल्नुहोस्, एमालेको नेतृत्व छान्नुहोस भन्नका लागि म दमक आएको हुँ ।

उनले भ्रममा नपर्नलाइ आग्रह गर्दै एमालेले नजिते यहाँका बिकासका योजना अलपत्र पर्ने चिन्ताले आफू एमाले पार्टीको कार्यकर्ता नभए पनि आएको उनले जनाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah