धेरै मानिस बिहान एकछाक भात खाएर राति चाहिँ रोटी तरकारी खाने गरेका छन् । तर स्वास्थ्यविद्हरूका अनुसार, राति रोटी तरकारी खाँदा मोटोपन बढ्छ र मधुमेह तथा कब्जियत जस्ता समस्या आइलाग्छन् । त्यसो भए राति के खाने त भन्ने प्रश्न उठ्छ ।रोटीमा प्रशस्त्र मात्रामा कार्बोहाइड्रेट्स हुने भएकाले पचाउन मुश्किल हुन्छ । राति खाँदा रोटी पच्ने समय पाइन्न अनि नपचेको खानेकुराले अनेकौं रोग निम्त्याउँछ ।रातिको खाना हलुका हुनुपर्छ । त्यो पच्न धेरै समय लाग्नुहुँदैन । शाकाहारीहरूले राति उमालेको तरकारी वा साग, सूप, सलाद, दलिया खाएको राम्रो हुन्छ । मांसाहारीहरूले ग्रिल्ड चिकन वा माछा खान सक्छन् ।राति प्याज, बुर्काउली र बन्दाकोपी नखाएको राम्रो हुन्छ ।डिनरमा धेरै मसला राखेको खानेकुरा नखानुस् । यसले पेट पोल्ने र अपच हुने समस्या निम्त्याउँछ । यसले निद्रा पनि प्रभावित हुन्छ ।सुत्नुभन्दा कम्ती दुई घन्टा अघि खाना खाइसक्नुस् ।खाना खाएपछि १५ मिनेट जति डुल्नुस् ।खाना खाँदै गर्दा वा खाना खाएको एक घन्टासम्म पानी नपिउनुस् ।
राति रोटी तरकारी खाँदा बढ्छ तौल
सवालनेपालसंवाददाताआइतबार, १४ चैत २०७७

राति रोटी तरकारी खाँदा बढ्छ तौल
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



