
काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले काठमाडौंका धारामा मेलम्चीको पानी पठाइएको खुसीयालीमा होली मनाएको छ । आज महाँकालस्थित पानीपोखरीबाट मेलम्चीको पानी धारामा पठाउने कार्यक्रममा होली खेलिएको हो ।केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले पत्रकारलाई मेलम्चीको पानी छ्यापेर होलीको शुभकामना दिएका थिए ,कार्यक्रममा खानेपानी मन्त्रालय, केयूकेएल, मेलम्ची खानेपानी लिमिटेड, मेलम्ची खानेपानी उपआयोजना–२ निर्देशनालयका पदाधिकारी र पत्रकारको उपस्थिति थियो ।