दमक÷ नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसको भूमिकाका कारणनै देशको आर्थिक विकास लम्किदै गएको बताएका छन् ।

कांग्रेसको खुल्ला अर्थनीतिका कारण देशमा अर्थिक बृद्धिदर उच्च रहेको बताउदै डा. महतले नेपालको समग्र राष्ट्रनिर्माण उकास्न कांग्रेसको कारण संभव हुदै गएको जोड दिए ।

झापाको दमकमा नेपाली कांग्रेस नगर समितिले दमक–५ स्थित यलम्बर चौकमा आयोजना गरेको चुनावी कोणसभामा बोल्दै डा महतले देशको अर्थव्यवस्था मजवुत भएका कारणले नै अहिले देशैभरि चौतर्फी विकास हुन सकेको स्पष्ट पारे । कांग्रेसले आर्थिक विकास गरेर देशलाई सम्मनुत बनाउने उनको धारणा थियो ।

उनले भने ,–‘ देश आर्थिक विकासका क्रममा छ, यसको अगुवाई कांग्रेसबाट मात्र संभव छ ।’ उनले अव मुलुकलाई समृद्ध बनाउने लक्ष्यमा कांग्रेसमा अग्रज पार्टीका नाताले जिम्मेवारी थपिएको समेत धारणा राखे ।

दोश्रो चरण अन्तर्गतको स्थानीय तहको निर्वाचनमा देश चुनावमय भएको बताउदै नेता महतले स्थानीय तहलाई विकाससंगै समृद्धि तर्फ उन्मुख गराउनका लागि अन्य दलहरु भन्दा कांग्रेस सक्षम भएको उल्लेख गरे । कांग्रेसलाई भोट दिए विकास संगै समृद्धिको परिवर्तन संभव हुने उनको जोड थियो ।

शान्ति , संविधानको एक चरणका काम कांग्रेसको अगुवाईबाट पूरा भएको बताउदै नेता महतले अव स्थानीय तहको सरकारको नेतृत्व कांग्रेसलाई जनादेश आए, जनताको त्यो अपेक्षालाई पाँच वर्ष भित्रमा अभूतपूर्व परिवर्तन ल्याउने ठोकुवा गरे । उनले भने ,–‘ जनता कांग्रेस प्रति विश्वस्त छन्, त्यसलाई कुरा भन्दा काम गरेर कांग्रेसले पूरा गर्छ ।’ सो अवसरमा डा.महतले कांग्रेस दमकले प्रकाशन गरेको स्थानीय तहको घोषणापत्र समेत सार्वजनिक गरे ।

कांग्रेस दमक –५ वडाका सभापति राजु राउतको अध्यक्षतामा भएको सो सभामा सांसद महेन्द्रकुमारी सुब्बाले कांग्रेसले जालझेल गरेर जनतालाई बेहकुफ नबनाउने प्रष्टयाए । कांग्रेसले जे बोल्छ, त्यो पूरा गर्ने इतिहास रहेको जोड दिदै उनले भनिन्,–‘ कांग्रेसलाई मत दिए, त्यसको बदला तपाईलाई विकाससंगै समृद्धि दिने छौ ।’

पार्टीका बरिष्ठ नगर सदस्य पर्शुराम रिजालले सञ्चालन गरेको सो सभामा कांग्रेसबाट दमक नगर प्रमुखका उम्मेदवार ढुण्डीराज भण्डारी, उपप्रमुखकी उम्मेदवार रेगिना भट्टराई, महासमिति सदस्य शेरवहादुर भट्टराई, नगर सभापति रोशन विष्ट, दमक–५ का वडाध्यक्षका उम्मेदवार प्रेम भट्टराई लगायतले नगरको विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah