भारतको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीले कुनैपनि हालतमा पश्चिम बंगाल राज्यलाई टुक्रिन नदिने ठोकुवा गरेकी छन् ।

दार्जिलिङस्थित नेपाली भाषीहरुको संगठन गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्ड राज्यको माग गर्दै आन्दोलन चर्काइरहेका बेला मुख्यमन्त्री बेनर्जीले सो चेतावनी दिएकी हुन् ।

राज्य सरकारले बंगाली भाषालाई विद्यालयमा अनिवार्य भाषाको रुपमा प्रयोग गर्ने निर्णय गरेलगत्तै केही दिन अघिदेखि दार्जिलिङमा आन्दोलनले उग्र रुप लिएको छ ।

आन्दोलनले निकै उग्र रुप लिइरहेको बेला मुख्यमन्त्री बेनर्जीबाट यो अभिव्यक्ति आएको हो । यद्यपि,आन्दोलन उत्कर्षमा पुगिरहेकै बेला दुवै पक्षले आ–आफ्नो ढंगले सर्वदलीय र सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।

आन्दोलनको नेतृत्व गरिरहेको मोर्चाले सर्वदलीय बैठकमार्फत आन्दोलनको आगामी रणनीति तय गर्ने तयारी गरिरहेको छ भने मुख्यमन्त्री बेनर्जीले पनि जुन २२ मा सर्वदलीय बैठकको आह्वान गरेकी छन् ।

मुख्यमन्त्री बेनर्जीले हिंसाले कुनैपनि समस्याको समाधान नगर्ने बताउँदै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान समेत गरेकी छन्, तर मोर्चाले राज्य सरकारले बोलाएको वार्तामा नबस्ने जनाएको छ ।

मुख्यमन्त्री बेनर्जीले आन्दोलनरत दलहरुलाई वार्ताका लागि आह्वान गर्दै यदि वार्तामा बस्न नआए कठोर कदम चाल्ने संकेत समेत दिएकी छन् । उनले भनेकी छन्,‘म मेरो जीवन बलिदान गर्न तयार छु, तर बंगाललाई टुक्रिन दिन्न ।’

त्यस्तै,आन्दोलनरत मोर्चाले भने केन्द्रीय सरकारको भूमिका समेत दूर्भाग्यपूर्ण रहेको भन्दै कडा आलोचना गरिरहेको छ । केन्द्र सरकारका गृहमन्त्री राजनाथसिंहले भने आन्दोलनरत पक्षलाई संयमता अप्नाउन आह्वान गरिरहेका छन् ।

यसबेला उक्त आन्दोलनलाई अखिल भारतीय गोर्खा लिग, गोर्खाल्याण्ड राज्य निर्माण मोर्चा, भारतीय गोर्खा परिसंघ र कम्युनिष्ट पार्टी–माक्र्सवादी क्रान्तिकारीले समर्थन गरिरहेका छन् । दार्जिलिङ पहाडका सबै दलहरुसँगको छलफलपछि मात्र मोर्चाले आगामी बाटो तय गर्ने तयारी गरिरहेको छ ।

यही बीचमा पश्चिम बंगालको सत्तारुढ दल त्रिमुला कांग्रेसका सिक्किम शाखाका अध्यक्ष र महासचिवले समेत शान्तिपूर्ण आन्दोलनमा राज्यले दमनको बाटो लिएको आरोप लगाउँदै राजीनामा दिएका छन् ।

यसले मुख्यमन्त्री बेनर्जीको आगामी योजनामा समेत झड्का लाग्ने संकेत दिएको बताइएको छ, किनभने सत्तारुढ दलभित्रैबाट राज्य सरकारले चालेको कदमको चर्को विरोध हुनु भनेको मुख्यमन्त्री बेनर्जी निकै कमजोर अवस्थामा पुगेको संकेत हो । यसले उनी चौतर्फी घेरामा पर्न थालेको समेत अनुमान गर्न सकिन्छ ।

मुख्यमन्त्री बेनर्जी भने यही बेला संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिने क्रममा नेदरल्याण्डमा रहेकी छन् । यद्यपि,उनले नेदरल्याण्ड प्रस्थान गर्नुअघि शान्तिको आह्वान गर्दै आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेकी छन् ।

सत्तारुढ दलका स्थानीय नेताहरुलेनै राज्यको दमनविरुद्ध पार्टी नेतृत्वबाट राजीनामा दिएपछि यसबेला बंगालकी मुख्यमन्त्री बेनर्जी एक्लिदै गएको बताइएको छ ।

यदि फेरि पनि राज्य सरकार र केन्द्र सरकारले यही कमजोरी दोहोर्याएमा गोर्खाल्याण्डको माग गर्दै अघि बढेका नेपाली भाषीहरुको आन्दोलनले निर्णायक रुप लिनसक्ने र आन्दोलन सफलतातिर जानसक्ने मोर्चाआबद्ध नेताहरुको दाबी छ ।

आन्दोलनविरुद्ध बङ्गाल सरकारले चर्को दमन सुरु गरेसँगै अहिलेसम्म ३ जनाको मृत्यु भइसकेको छ भने ३ दर्जनभन्दा धेरै घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah