काठमाडौं - गर्मी मौसममा पसिनाले शरीरमा आउने नमिठो गन्धबाट जोगिन मानिसहरूले पर्फ्युमको प्रयोग गरिरहेका हुन्छन्।बजारमा महिला र पुरुषका लागि छुट्टाछुट्टै पर्फ्युम पाइन्छन्। यसको एक/दुई स्प्रेले शरीरमा दुर्गन्ध आउँदैन। हामी साथिभाइसँग मजाले घुलमिल भएर बस्न सक्छौं।तर, बजारमा बिक्री भइरहेका पर्फ्युम स्वास्थ्यका लागि निकै हानिकारक हुन्छन्। पर्फ्युममा थुप्रै रसाइनको प्रयोग भएको हुन्छ। जसले क्यान्सरकै जोखिम निम्त्याउने खतरा हुन्छ।विशेषज्ञका अनुसार पर्फ्युम बनाउन र यसको सुगन्ध लामो समयसम्म राख्नका लागि थुप्रै रसायनको प्रयोग भएको हुन्छ। पर्फ्युमको नियमित प्रयोगले हाम्रो स्वास्थ्यमा गम्भीर समस्या पैदा हुनसक्छ।दिनमा दुईदेखि चार पटक पर्फ्युम लगाउँदा स्वास्थ्यमा हानी पुग्छ। पर्फ्युममा प्रयोग गरिने रसायनले हार्मोनमा असन्तुलन र छालामा एलर्जी ल्याउँछ।यसमा हुने रसायनले बाँझोपन तथा क्यान्सर जस्ता गम्भीर समस्या ल्याउन सक्छपर्फ्युममा फ्थेलेट्स, मस्क किटोन र फर्मलडिहाइड जस्ता रसायन हुन्छन्। फ्थेलेट्सको प्रयोगमा थुप्रै देशले प्रतिवन्ध लगाएका छन्।यसको प्रयोगले शरीरमा चिडचिडाहट हुने, मस्तिष्कको विकास सम्बन्धि समस्या, तन्त्रीका सम्बन्धी समस्या हुने जोखिम हुन्छ।
अत्याधिक 'पर्फ्युम'को प्रयोगले निम्त्याउँला बाँझोपन र क्यान्सर जोखिम
सवालनेपालसंवाददातामंगलबार, १६ चैत २०७७

अत्याधिक 'पर्फ्युम'को प्रयोगले निम्त्याउँला बाँझोपन र क्यान्सर जोखिम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



