प्रायः मानिसको लामो समय एकै पोजिसनमा बस्दा, केहीबेर थिचिँदा वा अन्य कारणले पनि कुनै न कुनै बेला खुट्टा निदाउने वा झुम्म हुने गर्दछ ।खुट्टा निदाउँदा एकछिन त पीडा हुन्छ र उभिन वा हिड्नसम्म सकिदैंन । तर केहीबेर पछि यो आफै हराएर जान्छ । आखिर किन यस्तो हुन्छ ?धेरैलाई लाग्दछ, खुट्टामा पर्याप्त मात्रामा रक्तसञ्चार नभएका कारण यो निदाउने वा झुम्म हुने गर्दछ । तर खुट्टा रक्तसञ्चारका कारणले नभई नसाका कारण निदाउँछ । हाम्रो शरीरमा तारजस्तै साना नसा हुन्छन् । जो दिमाग र शरीरका हिस्साबीच सन्देश लैजाने काम गर्छन् ।यस्तोमा लामो समयसम्म खुट्टाको सहायताले बसियो भने त्यसबेला त्यहाँको नसामा दबाब पर्छ । यस्तो शरीरका अन्य भागमा पनि हुन्छ । धेरैले लामो बसाईका बेला यस्तो अनुभव गर्छन् । यो लामो समयसम्म दबाब रहदा शरीरका अंगमा दबाब पर्दा ती अंग निदाउँछ ।नसाहरु कोशीय फाइबरबाट बनेको हुन्छ । प्रत्येक कोशीय फाइबर अलग–अलग संवेदनालाई मष्तिष्कसम्म पुर्याउँने काम गर्छन् । जतिबेला यसमा दबाब पर्छ मष्तिष्कसम्म नसाले पर्याप्त मात्रामा अक्सिजन वा रक्तसञ्चार गर्न सक्दैन र दिमागसम्म उक्त अंगको बारेमा पुग्ने जानकारी रगत वा अक्सिजन अभावमा अवरुद्ध हुन्छ ।यही कारण त्यहाँ संवेदना महसुस हुँदैंन र त्यो अंग निदाउँछ । पछि उक्त अंगमा दबाब हट्दा पुनः रगत वा अक्सिजन सञ्चार नियमित हुन्छ र अंग पुनः संवेदनशिल हुन्छ ।
किन निदाउँछ हातखुट्टा ?
सवालनेपालसंवाददाताबुधबार, १७ चैत २०७७

किन निदाउँछ हातखुट्टा ?
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



