
काठमाडौँ– नेपाली बजारमा आज बुधबार पनि सुनको मूल्यमा गिरावट आएको छ। सोमबार तोलामा ८६ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा ८६ हजार रुपैयाँमा कारोबार भएको थियो।नेपाल सुनचाँदी व्यावसायी संघका अनुसार आज बुधबार सुनको मुल्य ४ सय रुपैँयाले घटेर छापावाल सुन प्रतितोला ८५ हजार ६०० रुपैयाँ तोकिएको छ।यसैगरी तेजावी सुन प्रतितोला ८५ हजार १५० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार छापावल सुन प्रतितोला ८६ हजार रहेको थियो।आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ। चाँदी तोलामा २० रुपैयाँ घट्दै आज तोलाको १ हजार १९५ रुपैयाँ कायम भएको छ।