
काठमाडौ – आज ४ बजेसम्म नै शेयर कारोबार गर्न पाइने भएको छ । नेपाल स्टक एक्सचेन्जले एक सुचना जारी गर्दै यस्तो जानकारी दिएको हो । नेप्सेको टिएमएस प्रणाली (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा समस्या देखिएपछि कारोबारमा समस्या भएको थियो । अहिले त्यो समस्या समाधान भइसकेको र कारोबार गर्न समय थप पनि गरिएको हो । नेप्सेले ११ बजेदेखि ३ बजेसम्म खुल्ला गर्छ । तर, आज भने ४ बजेसम्म नै शेयर कारोबार गर्न सकिने नेप्सेको भनाइ छ ।