
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगकी पहिलो महिला आयुक्त डा.सावित्री गुरुङको विदाई गरिएको छ । बुधवार टंगालस्थित आयोगको केन्द्रिय कार्यालयमा आयोजित समारोहमा प्रमुख आयुक्त प्रेम कुमार राईले उनलाई विदाई गरेका हुन् ।
आफ्नो ६ वर्षे कार्यकाल पुरा गरेर गुरुङले बुधबारदेखि अवकाश पाएकी हुन् । अख्तियारमा पहिलो महिला आयुक्तको रुपमा उनी ०७१ चैत १९ मा नियुक्त भएकी थिइन् । अवकाशसँगै डा.गुरुङले ०६४ पछि ६ वर्षे कार्यकाल पुरा गरेर अवकाशमा जाने पहिलो आयुक्तको रेकर्ड बनाएकी छिन् । दोस्रो जनआन्दोलनपछि नियुक्त भएका कसैले पनि ६ वर्षको कार्यकाल पुरा गरेका थिएनन् ।
गुरुङको अवकाशसँगै आयोगमा २ आयुक्तको पद खाली हुने भएको छ । यसअघि प्रेमकुमार राईलाई संवैधानिक परिषद्ले प्रमुख आयुक्त नियुक्त गरेपछि कार्यवाहक प्रमुख डा.गणेशराज जोशीले राजीनामा दिएका थिए ।