हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा युवा तथा किशोर किशोरीलाई पैरवीसम्बन्धी चार दिने तालीम सञ्चालन भएको छ ।वडा १ देखि ८ सम्म रहेको उक्त गाउँपालिकामा प्रत्येक वडाबाट छनोट गरेर मङ्गलबारदेखि पैरवीसम्बन्धी तालीम शुरु गरेको हो । जिल्लामा कार्यरत संस्था शिशुको आर्थिक सहयोग, मिसन इष्टको प्राविधिक सहयोग र किर्डाक नेपाल र महिला कल्याण सेवाको सहजीकरण तथा गाउँपालिकाको समन्वयमा तालीम सञ्चालन भएको छ । स्थानीय सरकारसँग समन्वय गरेर विभिन्न कार्यक्रम तालीम गोष्ठी गरिरहेका बेला जनचेतनाका लागि सबै वडालाई समेटेर शुक्रबार सम्पन्न हुने गरी तालीम सञ्चालन भएको किर्डाक नेपाल सर्केगाडका परियोजना संयोजक मुनलाल जैसीले जानकारी दिनुभयो ।उक्त तालीमलाई सहजीकरण गर्न समाज कल्याण परिषद्का सदस्य मानुमाया थापा र जलवायु परिर्वतनका लागि नेपाली युवाको सञ्जालका राष्ट्रिय संयोजक श्रेया केसीलाई सर्केगाडमा आमन्त्रण गरी तालीम सञ्चालन भएको संयोजक जैसीले जानकारी दिनसुभयो । भौगोलिक दृष्टिकोणले पनि निकै कष्टकर रहेको उक्त गाउँपालिकामा काठमाडौँबाट प्रशिक्षकलाई बोलाएर तालीम सञ्चालन गरिएको हो ।
किशोरकिशोरीलाई पैरवीसम्बन्धी तालीम
सवालनेपालसंवाददाताबिहीबार, १८ चैत २०७७

किशोरकिशोरीलाई पैरवीसम्बन्धी तालीम
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
एसईई परीक्षा – सिद्धार्थ बोर्डिङ स्कुल दमककी छात्रा कुशिका बस्नेतको ४ जीपीए
शुक्रबार, १५ असार २०८१
झापाका दुईजना शिक्षकले राजनीतिक दलको सदस्यता त्यागे
बिहीबार, ७ असार २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
दमकमा उपप्रमुखसँग बालबालिका कार्यक्रम सुरु
मंगलबार, २९ जेठ २०८१



