काठमाडौं, ७ असार । जनयुद्धताका धीरेन्द्र शाहमार्फत पूर्व राजासँग कुरा भइरहेको थियो, दरवार हत्याकाण्ड भयो भन्दै भन्दै असरा ७ गते माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रलाई हुती नभएका नक्कली राजा भनेर गिज्याए ।
हुन त प्रचण्ड आफै भ्रष्ट, नातावादी, अलोकतान्त्रिक भनेर आरोपित भइरहेका छन् । उनले कसैलाई गिज्याउनुले खासै अर्थ नराख्ला तर त्यस्तो अलोकप्रिय बनिसकेका प्रचण्डले पनि गिज्याए भनेपछि पूर्वराजा ज्ञानेन्द्रको स्तर कति घटेछ ?
अचम्मको खुलासा पनि गरेका छन् प्रचण्डले । फोहर चलाउँदा छिटा आफ्नै मुखमा पर्छ, आकाशतिर फर्केर थुक्दा आफ्नै अनुहारमा थुक पर्छ भन्ने भुलेर जोस्सिदै प्रचण्डले भने– पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो हातमा आएको मौका छोप्न नसक्दा नेपालका शान्ति प्रक्रियामा विदेशीले भूमिका खेल्न पाए ।
शान्ति प्रकृयामा विदेशीलाई किन खेल्न दिएको, शान्ति स्थापनामा किन निर्णायक भूमिका नखेलेको, किन दण्डहीनता बढाएर आममाफी दिने प्रयास गरेको ? प्रचण्डले यस बारेमा, आफ्नो भूमिका बारेमा चुँइक्क बोलेनन् ।
नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरले ‘अंश’ जनयुद्धकालीन संस्मरण पुस्तक लेखेका थिए, त्यही पुस्तकको बिमोचन कार्यक्रममा प्रचण्डले उक्त खुलासा गरेका हुन् ।
यो कार्यक्रममा पत्रकारहरु युवराज घिमिरे, नारायण वाग्ले, गुणराज लुइटेल, गोविन्द आचार्य, पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र विष्ट, एमाले नेता सूर्य थापाहरु उपस्थित थिए । न्यूज अभियान



