काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले नेपालमै पहिलो पटक ‘रोबोटिक सर्जरी’ थाल्ने भएको छ । अत्याधुनिक रोबोट मेसिन ल्याएर ‘रोबोटिक सर्जरी’ थाल्ने तयारी अन्तिम चरणमा पुगेको केएमसीले जनाएको छ । अत्याधुनिक ‘रोबोटिक सर्जरी’ का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरेको छ । अब, डेढ महिनाभित्र ‘रोबोटिक सर्जरी’ थालिने केएमसीका अध्यक्ष डा.सुनिल शर्माले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले रोबोटिक सर्जरी थाल्दैछौँ,’ डा.शर्माले भने, ‘यूएसबाट मेसिन खरिद भइसकेको छ । अब प्राविधिक पक्ष मिलाईसकेपछि डेढ महिनाभित्र नेपालमै पहिलो पटक सर्जरीमा रोबोट प्रयोगमा ल्याउँदैछौ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय