सत्तारुढ नेकपा एमालेले सिरहाकी जानकी देवी रामले संघीय सांसद पद तथा गोपनीयताको सपथ लिएकी छन्। उनलाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आइतवार पद तथा गोपनीयताको सपथ लिएका हुन्। उनलाई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले १७ चैतमा प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ समावेशी समूह (दलित) बाट निर्वाचित गर्ने निर्णय लिएका थिए। समानुपातिक सांसद सानु सिवाको मृत्यु भएपछि खाली रहेको स्थानमा सिरहाकी रामले सांसद बन्‍ने अवसर पाएकी हुन्। एमाले केन्द्रीय कमिटीको बैठक अनुसार समानुपातिक उम्मेदवार बन्द सूचीको ८८ नम्बरकी जानकी देवीलाई निर्वाचित गर्न निर्वाचन आयोगलाई पत्र पठाउने निर्णय भएको थियो।गत चैत ७ गतेको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सांसद हटाउने या राख्ने अधिकार दिएको थियो।
दलित महिलाबाट उम्मेदवार जानकी देवीले उनीभन्दा अगाडिको नम्बरमा उम्मेदवार रहेकी धनकुमारी सुनारले पार्टी छाडेपछि अवसर पाएकी हुन्। यसअघि एमालेको बन्द सूचीको ८६ औं नम्बरकी सानु शिवा समानुपातिक सांसद निर्वाचित भएकी थिइन्।  तर उनको गत असोज २८ गते उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको थियो। मुटुमा समस्या आएपछि अस्पताल भर्ना भएकी सिवाको उपचारकै क्रममा निधन भएको थियो।सिवाको निधन भएपछि पालोमा रहेकी धनकुमारी अहिले जनता समाजवादी पार्टीमा छन्। त्यसपछि उनको नाम बन्दसूचीबाट हटेपछि ८८ औँ नम्बरकी जानकी देवीले सांसद बन्ने मौका पाएकी हुन्। अब एमालेमा १२१ जना सांसद कायम भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय