विश्व किर्तिमानी नेपाली आरोही कामीरिता शेर्पा २५ औं पटक सगरमाथाको शिखरमा चढने लक्ष्यका साथ आज  प्रस्थान गरेका छन। ५० वर्षीय कामीरिता यसपटक बहराईनको राजकुमार सम्मिलित टोलमा सम्मिलित छन। विगत केही वर्षदेखि आफ्नो किर्तिमान आफैंले भंङ्ग गर्दै आएका शेर्पा गत वर्ष २४ औं पटक सगरमाथाको शिखरमा पुगेका थिए। यससँगै शेर्पाले  एक सातामै दुई पटक सगरमाथा आरोहण समेत गरेका थिए। त्यो पनि अर्को रेकर्ड थियो।

गत वर्ष आरोहणपछि फर्केर आरोही शेर्पाले आफ्नो जीवनमा आरोहणबाट बिश्राम लिने कुनै योजना नरहेको प्रतिक्रिया दिएका थिए। आरोही शेर्पाले २३ औं पटक आरोहण गर्नुअघि मिडियासमक्ष आफू ६० वर्षको उमेरसम्म आरोहण गर्नसक्ने बताएका थिए।पहिलोपल्ट सन् १९९४ मा पहिलो सगरमाथा आरोहण गरेका कामीरिता शेर्पाले  त्यसपछि बिभिन्न अन्तर्राष्ट्रिय कम्पनीका लागि गाइडको रुपमा काम गर्दै आईरहेका छन ।

 
facebook sharing button
twitter sharing button
linkedin sharing button

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय