काठमाडौँ — आइतबार नियन्त्रणमा लिइएको बाघलाई बर्दिया निकुञ्जले काठमाडौं ल्याउने तयारी गरेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले उक्त भाले बाघलाई सदर चिडियाखाना, जाउलाखेलमा राख्नका लागि ठाकुरद्वाराबाट पठाउन लागिएको बताए ।गैंडा गणनामा खटिएका एक कर्मचारी आइतबार हात्तीका लागि घाँस काट्दै गर्दा हात्तीसारका पछुवा पुलिसराम थारूको बाघले आक्रमण गर्दा ज्यान गएको थियो ।वन्यजन्तु प्राविधिकहरुले आइतबार राति नै उक्त बाघलाई पछ्याउँदै डार्ट गरेर नियन्त्रणमा लिएर खोरमा राखेका थिए । यसअघि पनि निकुञ्जले कात्तिकयता आइतबारसम्म पटक–पटक मान्छेलाई आक्रमण गर्ने ४ वटा बाघ नियन्त्रणमा लिएको थियो । गेरुवा गाउँपालिकाबाट दुई, मधुवन नगरपालिका र निकुञ्जभित्रैबाट एक/एक वटा बाघलाई नियन्त्रणमा लिएको हो ।

बाघ र मान्छेको सहअस्तित्व

नियन्त्रणमा लिइएकामध्ये बाँके निकुञ्जको खोरमा राखिएको एउटा बाघ खोर भत्काएर भागेको थियो । एउटा बाघ निकुञ्जको रम्मापुर र अर्को ठाकुरद्वारा खोरमा छ । गत वर्ष पनि एउटा बाघ नरभक्षी भएको शंकामा निकुञ्जले नियन्त्रणमा लिएको थियो । त्यो बूढो बाघ भने प्राकृतिक कारणले खोरमै मरेको थियो गत वर्षदेखि बर्दिया निकुञ्जभित्र र बाहिर बाघको आक्रमण बढेको छ । दुई वर्षमा २० जना मारिएको निकुञ्जले जनाएको छ ।

सम्बन्धित समाचार

बाघको आक्रमणमा मारिए गैंडा गणक

जब पानी खोज्दै निस्कन्छन् वन्यजन्तु

नरभक्षी बाघ चिन्नै गाह्रो !

उकालो लाग्दै बाघ

बाघको अंग तस्करी झनै बढ्यो

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय