काठमाडौँ – भक्तपुरको प्रशिद्ध बिस्केट जात्रा अन्तर्गत रथ तान्न नपाइने गरि प्रशासनले रोक लगाएको छ ।जिल्ला प्रशासन कार्यालयले आइतबारको बैठकबाट यो वर्ष पनि बिस्केट जात्रा अन्तर्गत रथमा नियमित पूजा मात्रै गर्न पाइने निर्णय गरेको हो ।भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले भने, ‘रथमा पूजा गर्न पाइन्छ त्यो पनि कोरोना भाइरसको संक्रमण नहुनका लागि अपनाउनु पर्ने सावधानीसहित। तर जात्राको लिंगो उडाउन र रथ तान्न भने पाइने छैन।’कोरोना भाइरसको महामारीका कारण गएको वर्ष पनि बिस्केट जात्रा रोकिएको थियो। यो वर्षको जात्राका लागि अहिले प्यागोडा शैलीको तीन तले भैरवको रथ निर्माणको काम जारी छ। यही बेला प्रशासनले लिंगो उठाउन र रथ तान्न नपाउने गरि रोक लगाएको हो ।

‘लिंगो उठाउँदा तथा रथ तान्ने क्रममा भिडभाड हुने र त्यसले संक्रमणको जोखिम बढाउने भएकाले रोक लगाउने निर्णय भएको हो’ सूचना अधिकारी समेत रहेका केशरीले बताए ।जात्राबारे अन्तिम निर्णयका लागि सोमबार गुठी संस्थानसँग कुराकानी हुने प्रमुख जिल्ला अधिकारी प्रमेप्रसाद भट्टराईले बताएका छन्। स्थानीय सरोकारवालासँग पनि परामर्श गरिने उनले बताए।८ दिन ९ रातसम्म चल्ने बिस्केट जात्रा यहि चैत २८ गतेदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah