प्रधानसेनापति राजेन्द्र क्षेत्रीले २०७२ सालको विनासकारी भूकम्प पश्चात उद्दारका क्रममा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका अमेरिकी सेनाको कदर गर्दै ‘वीरता पदक’ प्रदान गरेका गरेका छन् ।

उद्दारका क्रममा सिन्धुपाल्चोकमा हेलिकप्टर दुर्घटनामा छ जना अमेरिकी सहित दुइ नेपाली सैनिक अधिकारीले ज्यान गुमाएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जंगि अड्डामा बुधवार भएको कार्यक्रममा प्रधानसेनापति क्षेत्रीले अमेरिकी सेनाले भुकम्प पछिको उद्दारका क्रममा पुर्‍याएको योगदान स्वरुप नेपाल स्थित अमेरिकी दुतावासका सैनिक सहचारी ग्रेगोरी डी पाइप्सलाई वीरता पदक प्रदान गरेका हुन् ।

प्रधानसेनापति क्षेत्रीले कर्तव्य पालनाको सिलसिलामा सरकारले वीरगत प्राप्त सकलदर्जालाई प्रदान गरेको विभूषण, अलङ्कार तथा पदकहरु वितरण गरेका हुन् ।